बालुवाटारमा समाजवादी मोर्चाको बैठक

सफल खबर संवाददाता

शुक्रबार, ०९ चैत्र २०८०, १० : ०४
बालुवाटारमा समाजवादी मोर्चाको बैठक

काठमाडौँ । समाजवादी मोर्चाको बैठक बसिरहेको छ । बैठकमा पछिल्लो राजनीतिक अवस्था र मोर्चाका गतिविधिबारे छलफल भएको बुझिएको छ ।  

प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट बैठक बसिरहेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए । ‘समाजवादी मोर्चाका नेताहरू आउनुभएको छ । बैठक बसिरहेको छ’, आचार्यको भनाइ छ । 

मोर्चामा नेकपा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), नेकपा एकीकृत समाजवादी र नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी सहभागी छन् । विप्लवले हाल मोर्चाको नेतृत्व गरिरहेका छन् । बिहीबार बेलुका मात्रै नेता विप्लवले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीसँग भेटेर छलफल गरेका थिए ।