कञ्चनपुर । कञ्चनपुरमा चितुवा पासोमा परेको छ। जिल्लाको कृष्णपुर नगरपालिका–१ स्थित दिपेन्द्र स्मृति सामुदायिक वनमा चितुवा पासोमा परेको हो।
बिहीबार राति पासोमा चितुवा पासोमा परेको खबर आएको डिभिजन वन कार्यालय कञ्चनपुरका डिभिजन वन अधिकृत भीमप्रसाद कँडेलले जानकारी दिए।
उनका अनुसार चितुवाको खुट्टाको भाग पासोमा अड्किएको छ। वनकर्मी र सुरक्षाकर्मी चितुवालाई रुँगेर बसेका छन्। उद्धारका लागि शुक्लाफाँटा राष्ट्रिय निकुञ्जको डार्ट टोलीलाई खबर गरिएको उनले बताए।
‘पासोमा परेको चितुवालाई डार्ट गरेर उद्धार गरिन्छ। निकुञ्जलाई खबर गरिएको छ’, उनले भने, ‘टोली चितुवा पासोमा परेको ठाउँमा पुग्दै छ।’
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०९ चैत्र २०८०, ०८ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
बन्दीपुरमा चितुवा समात्न प्राविधिक परिचालन
चितुवा आतङ्कले मेचीनगरवासी त्रसित
मुस्ताङमा हिउँ चितुवाको आक्रमणबाट आठ च्याङ्ग्रा मरे
तनहुँको बन्दीपुरमा चितुवा आतङ्क, सावधानी अपनाउन आग्रह
चितुवाको आक्रमणबाट बालकको मृत्यु
चितुवाले आक्रमण गर्दा बालकको मृत्यु