पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छः राजेन्द्र महतो

सफल खबर संवाददाता

विहीबार, ०८ चैत्र २०८०, ११ : १७
पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक छः राजेन्द्र महतो

अत्तरिया । राष्ट्रिय मुक्ति क्रान्ति अभियानका संयोजक राजेन्द्र महतोले पहिचान र अधिकारका लागि मुक्ति अभियान आवश्यक भएको बताएका छन् । आज धनगढीमा आयोजित पत्रकार भेटमा उनले पहिचान र अधिकारका लागि एकीकृत आन्दोलनको आवश्यकता भएको दोहोर्याए ।

 “थारू, मधेसी, आदिवासी जनजातिका छुट्टाछुट्टै सङ्घर्षले जनताले दुःख मात्रै पाए । अधिकार र पहिचान पाएनौँ ।  अब सबै पहिचानवादी मिल्नुको विकल्प छैन्,” उनले भने, “यो देश सबै नेपालीको हो । सबै मिलेर देशको समस्या समाधान गर्नुपर्छ ।”