४४ जना उपसचिवको बढुवा सिफारिस यथावत कायम

सफल खबर संवाददाता

बुधबार, ०७ चैत्र २०८०, १३ : ०८
४४ जना उपसचिवको बढुवा सिफारिस यथावत कायम

काठमाडौँ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ४४ जना उपसचिवको बढुवा सिफारिस यथावत कायम रहेको जनाएको छ । लोक सेवा आयोगको बढुवा समितिले गत माघ ४ मा गरेको सिफारिस बमोजिम उनीहरूको बढुवा यथावत रहेको मन्त्रालयले जनाएको हो ।

गत माघ ५ गते नै बढुवाको सूचना गोरखापत्रमा प्रकाशित भएको थियो । तर, आयोगमा उजुरी परेपछि रोकिएको थियो । आयोगको चैत ६ गतेको बैठकले बढुवा सिफारिसलाई यथावत राख्ने निर्णय गरेको संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जनाएको छ ।

बढुवा सिफारिस हुनेमा सामान्य प्रशासन समूहका शोभाकर पाण्डेय, नारायण प्रसाद भट्टराई, बाल कृष्ण गैरे, चन्द्र प्रसाद मिश्र, गगन सिंह विष्ट, विष्णु प्रसाद पौडेल, अशोक कुमार भट्टराई, मीन बहादुर भट्टराई, अर्जुन प्रसाद रिजाल, नारायण प्रसाद आचार्य रहेका छन् । यसैगरी ध्रुव कुमार भण्डारी, रघुवंश कँडेल, कृष्णा कुमारी गोली, देवर्षि सापकोटा, सावित्री श्रेष्ठ, विष्णु प्रसाद ज्ञवाली, घनश्याम गौतम, अकबर प्रधान, खेम नारायण पौडेल, कृष्ण प्रसाद गौतमको पनि बढुवा सिफारिस भएको छ ।

बढुवा हुनेमा जगदीश मिश्र, भीमराज कोइराला, रमेश बहादुर बुढाथोकी, पुनाराम पौडेल, अयोध्या प्रसाद भण्डारी, राम कुमार कार्की, दिपेन्द्र कुमार खत्री, डिल बहादुर कार्की, नरेन्द्र बहादुर पाल, ऋषिराम सुवेदी, भोज बहादुर भण्डारी, चूडामणि भण्डारी, बखत बहादुर खड्का, खगेन्द्र प्रसाद भट्ट रहेका छन् ।

यसैगरी लेखा समूहतर्फ हिमलाल अधिकारी, टिकेन्द्र बहादुर थापा, गणेश प्रसाद घिमिरे, देवी प्रसाद गौतम, हरिहर शर्मा तिवारी, बोधराज घिमिरे, विष्णु प्रसाद खनाल, सिध्दराज ओझा, अशोक खनाल र मनोज कुमार जोशीको बढुवा यथावत कायम रहेको मन्त्रालयले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस