काठमाडौँ । नेपाल राष्ट्र बैंकले आफ्नो विभिन्न कोषमा रहेको १ अर्ब ९१ करोड तरलता ब्याजमा लगानी गर्ने भएको छ । २०८१ वैशाख २ गतेदेखि २०८२ वैशाख १ गतेसम्म कूल ३६६ दिनका लागि बैंकले कूल १ अर्ब ९१ करोड १० लाख रुपैयाँ विभिन्न बैंकमा निक्षेप राख्ने भएको हो ।
एक सूचना जारी गर्दै बैंक तथा वित्तीय संस्थाहरूलाई केन्द्रीय बैंकले दरखास्त आह्वान गरेको छ ।
बैंकको सूचना अनुसार कूल निक्षेपमध्ये वाणिज्य बैंकहरुका लागि १ अर्ब ५२ करोड ८९ लाख रुपैयाँ छुट्याइएको छ भने विकास बैंक र राष्ट्रिय स्तरका वित्त कम्पनीका लागि क्रमशः २८ करोड ६६ लाख र ९ करोड ५५ लाख रुपैयाँ छुट्याइएको छ ।
इच्छुक बैंक तथा वित्तीय संस्थाहरूले चैत ८ गते राति १२ बजेसम्म उचित ब्याजदर र निक्षेप माग गरी दरखास्त आह्वान गर्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ०७ चैत्र २०८०, ११ : ०६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चालु खाता र शोधनान्तर उच्च बचतमा, १८ महिनाको आयात धान्ने मुद्रा सञ्चिति
नेपाल राष्ट्र बैंकले माग्यो कर्मचारी (सूचनासहित)
बैंकिङ प्रणालीबाट ६० अर्ब तरलता खिच्दै केन्द्रीय बैंक
नेपाल राष्ट्र बैंकले १०० रुपैयाँको नयाँ नोट चलनचल्तीमा ल्यायो
केन्द्रीय बैंकले उपदान कोषको तीन अर्ब ७० करोड लगानी गर्ने
बैंकिङ कारोबारका लागि आरटिजिएस प्रणाली खुला रहने