काठमाडौ । सर्लाहीमा प्रहरीले गोली चलाएको छ । लुटपाटका आएकाहरुलाई नियन्त्रणमा लिएको तर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
सो क्रममा प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
राउतको घुँडा र तिघ्रामा गोली लागेको बताइएको छ ।सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्लामा लैजाँदै गर्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सिड्नी बन्डी बिच गोलीकाण्ड : आक्रमणकारी बाबु छोरा रहेको खुलासा
अमेरिकाको ब्राउन युनिभर्सिटीमा गोलीकाण्ड, २ जनाको मृत्यु
दाङको लमहीमा गोली चल्यो, एकजना घाइते
मापकपदार्थ सेवन गरेका बुवाले चलाए गोली, छोराको मृत्यु
सुकुम्वासी बस्तीमा ७ राउन्ड गोली फेला
जनकपुरमा प्रहरी र व्यवसायीबीच झडप, प्रहरीले चलायो गोली, १० प्रहरीसहित ११ घाइते