काठमाडौ । सर्लाहीमा प्रहरीले गोली चलाएको छ । लुटपाटका आएकाहरुलाई नियन्त्रणमा लिएको तर भाग्न खोजेपछि प्रहरीले गोली चलाएको हो ।
सो क्रममा प्रहरीले चलाएको गोली लागेर भारत मोतिहारी घर भएका जितेन्द्र राउत घाइते भएका छन् । उनको मलंगवास्थित प्रादेशिक अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।
राउतको घुँडा र तिघ्रामा गोली लागेको बताइएको छ ।सर्लाहीको बरहथवामा पक्राउ गरेर जिल्लामा लैजाँदै गर्दा भाग्न खोजेपछि प्रहरीले गोली चलाएको बताइएको छ ।
राउतसँगै मोटरसाइकलमा सवार अर्का एक जनालाई पनि प्रहरीले पक्राउ गरेको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, ०६ चैत्र २०८०, ०७ : ५७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
महोत्तरीमा गोली चल्यो, श्रीमान-श्रीमती घाइते
गोली चलाएर प्रहरीले समात्यो लुटेरा
अमेरिकाको एक मस्जिदमा अन्धाधुन्ध गोली प्रहारः तीन जनाको मृत्यु
लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिन काठमाडौं प्रहरीले चलायो गोली
सर्लाहीमा गोली हानी भौतिक पूर्वाधार विकास कार्यालयका इन्जिनियरको हत्या
काठमाडौँको मूलपानीमा लुटेरामाथि गोली प्रहार