माओवादीका दुई नेताको सरुवा, मातृकालाई नयाँ जिम्मेवारी

सफल खबर संवाददाता

सोमबार, ०५ चैत्र २०८०, १५ : २८
माओवादीका दुई नेताको सरुवा, मातृकालाई नयाँ जिम्मेवारी

काठमाडौँ । नेकपा माओवादी केन्द्रका उपमहासचिव मातृका यादवलाई पार्टीले सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी दिएको छ । पार्टी महासचिव देवप्रसाद गुरुङले मातहतका कमिटीमा एक सर्कुलर जारी गर्दै यादवलाई सम्पर्क समन्वय प्रदेश इन्चार्जको जिम्मेवारी तोकिएको जानकारी गराएका हुन् । यसअघि उनलाई भारत प्रवासको जिम्मेवारी दिन पार्टीले प्रस्ताव गरे पनि अस्वीकार गरेका थिए । 

यस्तै माओवादीले दुई नेताको सरुवा पनि गरेको छ।  केन्द्रीय सदस्य महेश्वर दाहाल ४ महिने जनतासँग माओवादी पार्टी विशेष रूपान्तरण अभियानमा बागमती प्रदेशमा खटिएकोले उनलाई सोही प्रदेशमा सरुवा गरिएको गुरुङको परिपत्रमा उल्लेख छ । यसअघि उनी प्रचार विभागमा थिए । 

यस्तै वैकल्पिक केन्द्रीय सदस्य मोहन मान स्वाँरलाई युरोप– अमेरिका प्रवास समन्वय प्रदेशमा सरुवा गरिएको छ । आफू क्यानडामा श्रीमतीको उपचारमा लामो  समयसम्म रहन पर्ने कारण देखाइ सरुवा गरिदिन माग गरेकाले सोहीअनुसार गरिएको माओवादी कार्यालय स्रोतले बताए । 

यस्तै नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्र र नेपाल समाजवादी पार्टीबिच एकता गर्ने सहमति भएको  बारे पनि माओवादीले मातहतका कमिटीलाई जानकारी गराएको छ । 

प्रतिक्रिया दिनुहोस