बुटवल । भैरहवामा कार र मोटरसाइकल ठोक्किएर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
भैरहवाबाट लुम्बिनीतर्फ जाँदै गरेको बा २१ च ७५५३ नम्बरको कार गौतमबुद्ध अन्तर्राष्ट्र्रिय विमानस्थलअगाडि मोटरसाइकलसँग ठोक्किँदा एक जनाको मृत्यु भएको हो ।
दुर्घटनामा मालपोत कार्यालय मझगांवा रुपन्देहीका प्रमुख तिलक रावतको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका डीएसपी मनोहर भट्टले जानकारी दिए ।
रावत चढेको मोटरसाइकल र कार विमानस्थल गेटअगाडि सडकमा ठोक्किएका थिए । ठक्कर दिने कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, ०५ चैत्र २०८०, १० : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
मोटरसाइकल आपसमा ठोकिँदा एक जनाको मृत्यु, दुईजना घाइते
चितवनमा मोटरसाइकल दुर्घटना, चालकको मृत्यु
मोटरसाइकल दुर्घटना स्थलमा युवकको शव फेला
गिरिबन्धु टि-स्टेट नजिक मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
दार्चुलामा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु
रुपन्देहीमा सवारी दुर्घटना, दुई जनाको मृत्यु