निर्मला पन्त हत्या प्रकरण : यस्तो छ घटनाक्रम साउन १० देखि भदौ ३० गतेसम्मको

सफल खबर संवाददाता

शनिबार, ३० भदौ २०७५, १७ : ३४
निर्मला पन्त हत्या प्रकरण : यस्तो छ घटनाक्रम साउन १० देखि भदौ ३० गतेसम्मको

चितवन । कञ्चनपुर जिल्लाको भिमदत्त नगरपालिकाकी १३ वर्षीया किशोरी निर्मला पन्तको बलात्कारपछि विभत्स हत्या भएको आज ५२ दिन पुगेको छ । घटनाको ५२ औँ दिन राजधानी काठमाडौँसहित देशका १९ वटा शहरमा निर्मलाका निम्ति न्याय (जस्टीस फर निर्मला) भन्दै विशाल जुलुस निकालिएको छ । निर्मला पन्तको बलात्कारपछि हत्या भएको दिन साउन १० देखि आज भदौ ३० गतेसम्म के के भयो त ? विस्तृतमा पढ्नुहोस्,

साउन १० गते
– घरबाट बिहान १० बजे साथी रोशनी बमको घर हिँडेकी निर्मला हराएपछि आमा दुर्गादेवीद्वारा छोरी खोजिदिन प्रहरीलाई आग्रह ।

साउन ११ गते
– निर्मलाको शव भीमदत्त नगरपालिका वडा नम्बर १९ स्थित उखुबारीमा फेला ।
– प्रहरीद्वारा निर्मलाले लगाएको ट्राउजर धोएर प्रमाण नष्ट ।

– निर्मला हत्याको विरोधमा भीमदत्त नगारपालिका कञ्चनपुरमा आन्दोलन सुरु ।

भदौ ४ गते
– निर्मलालाई बलात्कार गरी हत्या गरेको आरोपमा मानसिक अवस्था ठीक नभएका ४१ बर्षीय दिलिपसिंह विष्ट पक्राउ । 
– सर्वसाधारणद्वारा न्याय माग्दै जिल्ला प्रशासन कार्यालय कञ्चनपुरमा धर्ना ।

भदौ ६ गते
– महेन्द्रनगरमा प्रहरी र आन्दोलनकारीबीच झडप हुदाँ १३ जना घाइते ।

भदौ ७ गते
– आन्दोलनका क्रममा दुई प्रहरी र ६ आन्दोलनकारी घाईते । प्रहरीद्वारा जिल्ला प्रशासन कार्यालयबाटै आन्दोलनकारीमाथि गोली र अश्रुग्याँस प्रहार । 
– कञ्चनपुर जिल्ला सुरक्षा समितिद्वारा भदौ ७ गते बेलुका ५ बजेदेखि ८ गते विहान ५ बजेसम्म कफ्र्युको घोषणा ।
– कारागार व्यवस्थापन विभागका महानिर्देशक हरिप्रसाद मैनालीको संयोजकत्वमा पाँच सदस्यीय छानविन समिति गठन ।
– कञ्चनपुरका सिडिओ कुमारबहादुर खड्का र जिल्ला प्रहरी प्रमुख एसपी डिल्लीराज बिष्टलाई फिर्ता, उनीहरुको स्थानमा तीर्थ अधिकारी र एसपी कुबेर कठायत खटिए ।
– प्रतिनिधिसभामा पेश भएको महिला हिंसाविरुद्धको प्रस्तावमा सांसदहरुको समर्थन ।
– कञ्चनपुरमा भएको प्रदर्शनका क्रममा घाइते हुनेहरुको सम्पुर्ण खर्च बेहोरिदिने सरकारी घोषणा ।

भदौ ८ गते
– प्रहरीको गोली लागेर सन्नी खुनाको मृत्यु ।
– घाइते अन्दोलनकारीलाई भेट्न गृहमन्त्री रामबहादुर थापा त्रिवि शिक्षण अस्पतालमा ।

भदौ ९ गते
– निर्मला हत्याका सम्बन्धमा सोधपुछ गर्न बबिता बम र रोशनी बम, अलिस र आँचल पक्राउ ।
– निर्मला पन्त र सन्नी खुनाको परिवारलाई राहतस्वरुप १०÷१० लाख रुपैयाँ दिने सरकारी निर्णय ।
– निर्मलालाई न्याय दिन माग गर्दै काठमाडौँ प्रदर्शन ।
– एसपी डिल्लीराज बिष्ट निलम्वित । डिएसपी ज्ञानबहादुर सेठी र प्रहरी निरीक्षक एकेन्द्र खड्का प्रहरी मुख्यालयमा फिर्ता ।

भदौ १० गते
– बिहान १० बजेदेखि भिमदत्त नगरपालिकामा निषेधाज्ञा ।

भदौ ११ गते
– भीमदत्त नगरपालिकामा बेलुका ६ बजेदेखि बिहान ५ बजेसम्म निषेधाज्ञा ।
– सम्पादकहरुसँगको भेटमा निर्मलाका हत्यारालाई करबाही गर्ने प्रधानमन्त्री केपी शर्मा ओलीको प्रतिवद्धता ।

भदौ १२ गते
– डिएसपी कृष्णराज ओझा नेतृत्वमा छानबिन समिति गठन ।

भदौ १४ गते
– निर्मलाकी साथी रोशनी बमको बगैँचामा रहेको अम्बाको रुख काटियो ।

भदौ १५ गते
– हत्यारा पहिचान गर्न माग गर्दै निर्मलाका सहपाठीद्वारा प्रधानमन्त्रीलाई खुल्ला पत्र ।
– खानेपानीमन्त्री बिना मागरद्वारा निर्मलको परिवारसँग भेट ।

भदौ २१ गते
– प्रहरीमहानिरिक्षक सर्वेन्द्र खनाल निर्मलाको घरमा ।

भदौ २२ गते
– महानिरिक्षक खनालद्वारा घटना अनुसन्धानका क्रममा प्रहरीबाट कमजोरी भएको स्वीकार ।

भदौ २५ गते
– हरिप्रसाद मैनाली नेतृत्वको उच्चस्तरीय छानविन समितिबाट राजीनामा ।

भदौ २६ गते
– दिलिप बिष्ट निर्दोष ठहरिएपछि रिहा, बम दिदीबहिनी पनि छुटे ।

भदौ २७ गते
– निर्मलाका बुवा र आमा काठमाडौँ आए । गृह मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा उच्चस्तरीय छानविन समितिका सदस्य वीरेन्द्रबहादु्र केसीले राजीनामा फिर्ता लिए ।

भदौ २८ गते
– निर्मलाका बुबा, आमाको पत्रकार सम्मेलन 
– निर्मलाको नाममा दीप प्रज्ज्वलन 
– नेपाली कांग्रेसद्वारा निर्मला पन्तको हत्यारा पक्राउको माग गर्दै संसद अवरुद्ध ।

भदौ २९ गते
– सदनमा सांसदद्वारा सरकारको आलोचना, निर्मला हत्या तथा बलात्कार प्रकरणको छानबिन अन्तिम अवस्थामा रहेको गृहमन्त्री रामबहादुर थापाद्वारा सदनमा जानकारी ।

भदौ ३० गते
– निर्मलाका निम्ति न्याय माग्दै काठमाडौँसहित देशका १९ वटा शहरमा प्रदर्शन ।
 

प्रतिक्रिया दिनुहोस