काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले नेता ठाकुरमोहन श्रेष्ठमाथि आक्रमणमा संलग्न तीन जनालाई पार्टीबाट निलम्बन गरेको छ । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले तीन नेतालाई निलम्बन गरेका हुन् ।
निलम्बनमा पर्नेहरूमा सहायक महामन्त्री प्रेम बलायर, राप्रपा काठमाडौँ क्षेत्र नम्बर ४ का अध्यक्ष बुद्धिप्रताप राणा र युवा संगठनका सदस्यसचिव निराजन बम रहेका छन् ।
घटनापछि कार्यसम्पादन समितिले पार्टीको अनुशासन समितिलाई ४८ घण्टाभित्र छानबिन गरी प्रतिवदन दिन निर्देशन दिएको थियो ।
अनुशासन समितिले बुझाएको प्रतिवेदन अनुसार राप्रपाले घटनाको भिडियो फुटेज विश्लेषण गर्नुका साथै सरोकारवालको बयान समेत लिएको थियो । गत फागुन २७ गते केन्द्रीय कार्यसम्पादन समितिको बैठक बसिरहेका बेला नेता श्रेष्ठमाथि आक्रमण भएको थियो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, ०४ चैत्र २०८०, १५ : ५१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
पीएसओ खोसिएकोबारे राप्रपाले गर्यो सभामुखको ध्यानाकर्षण
राप्रपाका तीन सांसदको पीएसओ फिर्ता
राप्रपाको प्रदर्शन सकियो, पार्टी कार्यालयमा आकस्मिक बैठक
ज्ञानेन्द्र शाहीलगायतका राप्रपा सांसदहरूलाई संसदीय दल कार्यालयबाट निस्किन रोक
निषेधित क्षेत्र तोड्दै आन्दोलन चर्काउने राप्रपा प्रयास
राप्रपा केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै