पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

सफल खबर संवाददाता

आइतबार, ०४ चैत्र २०८०, ०७ : ४७
पोखरालाई आज पर्यटकीय राजधानी घोषणा गरिँदै

काठमाडौ । लामो समयदेखि नै पोखरालाई पर्यटकीय राजधानी मान्दै आए पनि अब भने औपचारिकरूपमै पोखरा पर्यटकीय राजधानी घोषणा गरिने भएको छ ।

पोखरा महानगरपालिकाले आज  आइतबार औपचारिक कार्यक्रमका बीच पोखरालाई पर्यटकीय राजधानी घोषणा गर्न लागेको हो । 

पोखराका मेयर घनराज आचार्यले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’को प्रमुख आथित्यतामा सुन्दर फेवातालको किनार बाराहीघाटमा पोखरालाई नेपालको पर्यटकीय राजधानी घोषणा गर्ने कार्यक्रम रहेको जानकारी दिए । 

आचार्यले २०७५ सालदेखि नै यस विषयमा अध्ययन भइरहेको र पर्यटकीय राजधानी घोषणाका लागि आधारभूत मापदण्ड पोखरासँग भएकाले घोषणा गरेर पोखरालाई अन्तर्राष्ट्रिय जगत्मा ‘ब्राण्ड’ बनाउन लागिएको बताए।

प्रतिक्रिया दिनुहोस