एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको लागि सम्झौता

सफल खबर संवाददाता

शुक्रबार, ०२ चैत्र २०८०, १४ : १३
एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसबिच क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको लागि सम्झौता

काठमाडौं । एभरेष्ट बैंक र नेपाल क्लियरिङ हाउसले क्रस बोर्डर डिजिटल भुक्तानी सुविधाको लागि समझदारी पत्र (एमओयू) मा हस्ताक्षर गरेका छन् ।

यो प्रयासले नेपाल र भारत बीच यात्रा गर्ने व्यवसायी, विद्यार्थी र पर्यटकहरू लगायतका विभिन्न व्यक्तिहरूका लागि डिजिटल कारोबारलाई सुव्यवस्थित गर्ने दुबै कम्पनीको विश्वास छ ।

उक्त समझदारी पत्रमा एभरेष्ट बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ र नेपाल क्लियरिङ हाउसका प्रमुख कार्यकारी अधिकृत नीलेशमान सिंह प्रधानको सहभागिता रहेको थियो ।

प्रतिक्रिया दिनुहोस