काठमाडौं । नेकपा माओवादी केन्द्रका सांसद सुदन किराँतीले सवारी दुर्घटना न्यूनीकरणका निम्ति क्यालेण्डर तयार गरेर काम गर्नुपर्ने बताएका छन् । शुक्रबार प्रतिनिधि सभा बैठकको आकस्मिक समयमा बोल्दै सांसद किराँतीले सवारी दुर्घटना न्यूनीकरणका लागि सरकारले ध्यान दिनुपर्ने बताए ।
उनले सवारी दुर्घटना न्यूनीकरणका लागि भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले दीर्घकालीन प्रकारको रणनीति बनाउनुपर्ने बताए । उनले क्यालेण्डर नै तयार गरेर दुर्घटना न्युनिकरणका लागि काम गर्नुपर्ने बताए ।
उनले भने, ‘मर्ने मान्छे मरिहाल्छ, जहाँ घाइते भएको छ, एउटा परिवारमा एकजना मान्छे जीवनभरी घाइते हुँदाखेरी त्यसले राष्ट्रलाई कति धेरै क्षति पुग्नसक्छ ? यसमा हामीले ध्यान पुर्याउनुपर्छ । र यातायात मन्त्रालयले गम्भिर अध्ययन गरी दीर्घकालीन प्रकारको रणनीति निर्माण गरी दुर्घटना न्यूनीकरणको निम्ति क्यालेण्डर तयार गरेर दुर्घटना न्युनिकरणको निम्ति आजैबाट जानुपर्छ भन्नेकुरा म जोडदार माग गर्दछु ।’
उनले हरेक दिन सवारी दुर्घटना हुँदा पनि सरकारले न्युनिकरणका लागि ध्यान पुर्याउन नसकेको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, ०२ चैत्र २०८०, १२ : ३४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘नेतृत्व व्यक्ति केन्द्रित नभई प्रक्रिया र समस्यामुखी हुनुपर्छ’ : सुदन किराँती
हर्कजस्तो अर्गानिक नेतालाई प्रधानमन्त्री बनाऔं, हाइब्रिड नेताले सुख दिएन : सुदन किराती
श्रम संस्कृतिबाट कोशीमा सुदन किरातीलाई मुख्यमन्त्री बनाउन अध्यक्ष साम्पाङले मागे राय
सुदन किराँती श्रम संस्कृति पार्टीमा प्रवेश
सुकुम्वासी व्यवस्थापन र प्रशासनिक शैलीबारे सुदन किराँतीको टिप्पणी
सुदन किरातीले दिए प्रलोपाको साधारण सदस्यसमेत नरहने गरी राजीनामा