कार्यपालिका बैठकमै कुटिए हाकिम जोशी र प्रवक्ता सिंह

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १६ : ४५
कार्यपालिका बैठकमै कुटिए हाकिम जोशी र प्रवक्ता सिंह

धनगढी। डडेल्धुराको परशुराम नगरपालिकाको कार्यपालिका बैठकमै प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशी र नगर प्रवक्ता खगेन्द्र सिंहमाथि कुटपिट भएको छ । नगर प्रमुख (मेयर) भरत बडायर जोशीका अनुसार बिहीवार बजेट संशोधन गर्नेसहित १३ एजेन्डामाथि छलफल गर्न बैठक डाकिएको थियो ।

बैठकमा प्रमुख प्रशासकीय अधिकृत जोशी, प्रवक्ता सिंह र कार्यपालिका सदस्यहरूबीच केहीबेर भनाभन भएको थियो ।बैठकमा विरोध चर्किँदै गएपछि कार्यपालिका सदस्यहरूले उनीहरूमाथि आक्रमण गरेका हुन् ।

प्रशासकीय अधिकृत जोशीको टाउकोमा ३ टाँका लगाउनु परेको छ । जोशी नगरमा निजामती क्षेत्रका सबैभन्दा माथिल्लो श्रेणीका हाकिम हुन् ।  

अहिले घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ । नगरपालिकाका योजना अधिकृत रहेका जोशीलाई मङ्सिर पहिलो साता मात्रै निमित्त प्रमुख प्रशासकीय अधिकृतको जिम्मेवारी दिइएको थियो ।

प्रतिक्रिया दिनुहोस