काठमाडौं। बाजुरा– जिल्लाको बडीमालिका नगरपालिकामा बुधबार बिहान गाउँ नजिकैको जङ्गलमा घाँस काट्न गएकी एक महिलाको भीरबाट लडेर घाइतेपछि उपचारका लागि स्वास्थ्य संस्था लैजाँदै गर्दा मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही नगरपालिका–५ मनाकी ४५ वर्षीया दुरा साउद रहेको शहरी स्वास्थ्य केन्द्र प्रमुख छत्र साउदले जानकारी दिएका छन् । उनले दिएको जानकारीअनुसार बुधवार गाउँ नजिकैको दल्लेडी भन्ने जङ्गलमा घाँस काट्न गएका बेला भीरबाट लडेर गम्भीर घाइते दुरालाई उपचारका लागि सदरमुकाम मार्तडी लैजान नपाउँदै घरमा मृत्यु भएको हो ।
भीरबाट लडेर घाइते भएकी उनको शहरी स्वास्थ्य केन्द्रमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल बाजुरामा पठाइएको भए पनि भौगोलिक विकटताका कारण समयमै अस्पताल पुग्न नपाउँदै ज्यान गएको स्थानीय राजेन्द्र विकले बताए । जिल्लामा बर्सेनि भीरबाट लडेर घाइते भएकाले समयमै उपचार नपाउँदा अकालमा ज्यान गुमाउने गरेका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, ०१ चैत्र २०८०, १५ : ३६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
गुल्मीमा जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु
टिप्परको ठक्करबाट एक जनाको मृत्यु
भीरबाट लडेर वडासदस्यको मृत्यु
घाँटीमा मासु अड्किँदा डोटीमा एक जनाको मृत्यु
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु
चाडमा सुडानी ड्रोन आक्रमण, १७ जनाको मृत्यु