कोरियाले नेपाली कामदार लैजान ३ वटा क्षेत्र थप्यो, कुन-कुन क्षेत्रमा जान पाइन्छ ?

सफल खबर संवाददाता

विहीबार, ०१ चैत्र २०८०, १३ : ३८
कोरियाले नेपाली कामदार लैजान ३ वटा क्षेत्र थप्यो, कुन-कुन क्षेत्रमा जान पाइन्छ ?

काठमाडौं । दक्षिण कोरियाले पहिले लगेको भन्दा ३ वटा क्षेत्र थप गरेर नेपाली कामदार लाने भएको छ । यसभन्दा पहिले कृषि तथा पशुपालन, उत्पादनमूलक र शीप बिल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लैजाने कोरियाले अब वन, सेवा र रुट इन्डस्ट्री क्षेत्रमा पनि नेपाली कामदार लागे भएको हो ।

इपीएस शाखाले एक सूचना जारी गर्दै कोरिया सरकारले थप ३ क्षेत्रमा नेपाली कामदार लागे बताएको हो ।सन् २०२३ सम्म कोरियाले कृषि तथा पशुपालन, उत्पादनमूलक र शीप बिल्डिङ्ग क्षेत्रबाट मात्र कामदार लैजाने गरेको थियो । सन् २०२४ देखि वन क्षेत्र, सेवा क्षेत्र र रुट इन्डस्ट्री क्षेत्र समेत थप गरी नेपाली कामदार लागे भएको हो ।

‘एक पटक कोरियन भाषा परीक्षा उत्तीर्ण भएका कामदारहरू दुई वर्षसम्म कामदारको सूची मा बस्न पाउने छन् । कोरियाको साना तथा मझौला उद्योगलाई आवश्यक पर्ने कामदारको उचाइ, तौल, लिङ्ग, उमेर, कामदारको अवस्था कोरियामा पहिलो पटक जाने कामदार र कोरिया काम गरेर फर्केका कामदार र देश जस्ता विवरण खुलाई कोरिया सरकारको सरकारी निकाय एचआरडी सर्भिस अफ कोरियाले कामदार माग गरेको छ,’ सूचनामा उल्लेख छ ।