काठमाडौँ । आम जनता पार्टी (आजपा) का अध्यक्ष प्रभु साहले संविधान परिमार्जन गर्न जरुरी रहेको छ । बुधवार प्रतिनिधिसभामा प्रधानमन्त्रीको विश्वासको मतमाथिको छलफलमा भाग लिँदै साहले यस्तो बताएका हुन् ।
‘संविधानमा रूपमा सबै थोक छ तर यसले केही गर्न सक्दैन । सबैलाई मान्य बनाउन संविधान परिमार्जन गर्न जरुरी छ’, उनले भने, ‘थोरै पनि देशप्रति देशप्रति चिन्ता छ भने बेठिकलाई ठिक ठाउँमा ल्याउन जरुरी छ ।’
उनले संविधान बनाउने बेलामा आफूले फरक मत राख्दा एक्लिने अवस्था आएको पनि बताए । ‘जसले यो संविधानलाई महान् भनेका थिए । तर, तपाईँहरूले अप्राकृतिक काम गर्दै हुनुहुन्छ भनेर मैले विगतमा भनेको थिएँ’, उनले भने ।
उनले अहिले व्याप्त फोहोरी खेलको समीक्षा गर्न जरुरी रहेको भन्दै यही फोहोरी खेलका कारण जनतामा निराशा छाएको बताए । उनले साँच्चै हामी देशलाई अघि बढाउन चाहन्छौँ भने व्यवस्थाको विषयमै छलफल गर्नुपर्ने बताए ।
उनले प्रधानमन्त्री प्रचण्ड गतिशील नेता भएको भन्दै आफूले विश्वासको मत दिने पनि बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, ३० फागुन २०८०, १४ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
राष्ट्रियता, लोकतन्त्र र मुलुकको अर्थतन्त्र जोगाउनका लागि सडक सङ्घर्षको विकल्प छैन : प्रभु साह
भारत र चीनका राजदूतहरूको कार्यसम्पादन मुल्यांकन गराैं: प्रभु साह
अब गौर हत्याकाण्डका पीडित परिवारले न्याय पाउनेछन्: प्रभु साह
नागरिकलाई पानी दिने कि नदिने ? भन्दै सरकारलाई प्रभु साहको प्रश्न
काठमाडौंका व्यवसायीलाई सुरक्षा दिन सरकार असफल : प्रभु साह
विदेशबाट मिनिरल वाटर मगाउने प्रवृतिप्रति प्रभु साहले उठाए प्रश्न