राप्रपाका नेता ठाकुरमोहनले आफूमाथिको आक्रमणविरुद्ध प्रहरीमा दिए उजुरी

सफल खबर संवाददाता

सोमबार, २८ फागुन २०८०, १२ : २४
राप्रपाका नेता ठाकुरमोहनले आफूमाथिको आक्रमणविरुद्ध  प्रहरीमा दिए उजुरी

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता ठाकुरमोहन श्रेष्ठले आफूबिरुद्ध भएको आक्रमणबारे अनुसन्धान गर्न माग गर्दै प्रहरीमा उजुरी दिएका छन् । श्रेष्ठले प्रहरी वृत महाराजगञ्जमा ठाडो उजुरी दिएको जिल्ला प्रहरी परिसर काठमाडौँका एसएसपी भूपेन्द्र खत्रीले  बताए ।

राप्रपाको कार्यसम्पादन समिति सदस्य समेत रहेका पूर्व एआईजी श्रेष्ठमाथि आइतबार धुम्बाराहिस्थित पार्टी कार्यालयमा आक्रमण भएको थियो । आक्रमणमा संलग्नहरू आरोपीहरू फरार छन् । घटना अनुसन्धान गर्न सिसिटिभी फुटेज संकलन गरिएको एसएसपी खत्रीले बताए । उनले भने– ‘सिसिटिभी फुटेज विश्लेषण गर्दैछौँ ।’

श्रेष्ठले आफूमाथि उपाध्यक्ष विक्रम पाण्डेको योजनामा आक्रमण भएको उजुरीमा उल्लेख गरेका छन् । 

प्रतिक्रिया दिनुहोस