आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने छ : उपप्रधानमन्त्री महासेठ

सफल खबर संवाददाता

शनिबार, २६ फागुन २०८०, १८ : ३६
आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने छ : उपप्रधानमन्त्री महासेठ

काठमाडौं । उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले आर्थिक क्षेत्रमा विगतको भन्दा सुधार हुँदै जाने बताएका छन् ।

शनिबार काठमाडौंमा आयोजित नेपाल तयारी पोशाक उद्योग संघको २९ औं वार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले यसअघिको गठबन्धनमा प्रधानमन्त्रीले राम्रोसँग काम गर्न नपाएको संकेत गरे ।

‘हिजो पनि गठबन्धनको सरकार थियो, आज पनि गठबन्धनको सरकार छ । तर गाडी जाँदाखेरि ड्राइभरलाई धेरै डिस्टर्ब गर्‍यो भने गाडी एक्सिडेन्ट हुने सम्भावना हुन्छ । बसभित्र बस्ने प्यासेन्जरहरुले पनि यो बस सुरक्षित ठाउँमा पुग्नुपर्छ, त्यो जिम्मेवारी लिनुपर्छ । त्यसमा सचेत हुनुपर्छ । आशा गरौँ, अब हिजो भन्दा अलिकति सुधार हुँदै अघि बढ्नेछ’, उनले भने ।

उपप्रधानमन्त्री महासेठले सरकार र निजी क्षेत्रबीच सहकार्य भए मात्र आर्थिक क्षेत्रमा फड्को मार्न सकिने बताए

प्रतिक्रिया दिनुहोस