काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने तयारी गरेका छन् । फागुन २२ गते काँग्रेससँगको सत्ता सहकार्य तोडेर एमाले र रास्वपालाई सरकारमा भित्र्याएका ‘प्रचण्ड’ले फागुन ३० मा विश्वासको मत लिने तयारी गरेका छन् ।
प्रधानमन्त्री ‘प्रचण्ड’ले विश्वासको मत लिने विषयमा एमाले, रास्वपा, जसपा, एकीकृत समाजवादीलगायतका सत्ता साझेदार दलहरूसँग छलफल गर्ने बताएका छन् । दाहालले संसदीय दलको शनिबार बसेको बैठकमा फागुन ३० मा विश्वासको मत लिनका लागि साझेदार दलहरूसँग छलफल चलाइरहेको जानकारी दिएका थिए । ‘प्रचण्ड’ले दलको बैठकमा भनेका थिए, ‘सरकारले विश्वासको मत लिने कार्यका लागि सबै सक्रियतापूर्वक लागौँ ।’
माओवादीका एक सांसदका अनुसार फागुन ३० मा सांसदहरूलाई ह्विप लगाउने विषयमा संसदीय दलमा छलफल भएको छ । सत्तारूढ गठबन्धनमा एमालेका ७७, माओवादीका ३२, रास्वपाका २१, जसपाका १२ र एकीकृत समाजवादीका १० गरी १५१ सांसद छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १८ : ३३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
माओवादी केन्द्रले पूर्वाधार निर्माणलाई उच्च प्राथमिकता दिएको छ : अध्यक्ष प्रचण्ड
माओवादी जनताको बलमा सत्तामा पुगेको हो : प्रचण्ड
वर्तमान शासन व्यवस्थाको विकल्प छैनः प्रचण्ड
आज अलग भएपनि राजनीतिमा भोलि जे पनि हुनसक्छ : प्रचण्ड
चुनावमा गरेको वाचा बिर्सिएको छैन : प्रचण्ड
गिरिजाले म प्रति देखाउनुभएको भरोसा र दिनुभएको सुझावलाई कहिल्यै बिर्सने छैन: प्रचण्ड