काठमाडौं। संसद्को सार्वजनिक लेखा समितिको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरेको छ। पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउनुपर्ने निष्कर्ष निकालेको हो ।
यस्तै कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने विषयमा छलफल गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।संघीय संसद्को महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन छ । संसद्मा विभिन्न १६ वटा विषयगत समिति छन् ।
अहिले समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल छन् ।कांग्रेस–माओवादी गठबन्धन भत्किएर नयाँ एमाले–माओवादी लगायतको गठबन्धन बनेपछि समितिको नेतृत्वमा कांग्रेसले दाबी गरेको हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काँग्रेसको नीति प्रतिष्ठानको कार्यकारी निर्देशकमा डा. आचार्य नियुक्त
पूर्णबहादुरले बोलाएको कांग्रेस समूहको बैठक बस्दै
कांग्रेस भित्र के पाक्दैछ खिचडी ? फुट्ने भन्दा जुट्नेतिरको संवादमा कांग्रेसका शीर्ष नेता
सरकारलाई ओभर स्मार्ट नबन्न काँग्रेस सांसद गुरुङको चेतावनी
रास्वपाले ३५ हजारभन्दा बढी बालबालिकालाई पार्टीको सदस्य बनाएको भन्दै कांग्रेसको आपत्ति
विराटनगरका काँग्रेस नेता अभिषेक गिरी पक्राउ