काठमाडौं। संसद्को सार्वजनिक लेखा समितिको नेतृत्वमा नेपाली कांग्रेसले दाबी गरेको छ। पार्टी सभापति शेरबहादुर देउवानिवास बूढानीलकण्ठमा आज बसेको पदाधिकारी बैठकले सार्वजनिक लेखा समितिको नेतृत्व कांग्रेसले पाउनुपर्ने निष्कर्ष निकालेको हो ।
यस्तै कांग्रेसले राष्ट्रिय सभाको अध्यक्ष र उपाध्यक्ष दुवै पदमा उम्मेदवारी दिने विषयमा छलफल गरेको कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए ।संघीय संसद्को महत्त्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको नेतृत्व विपक्षी दललाई दिने प्रचलन छ । संसद्मा विभिन्न १६ वटा विषयगत समिति छन् ।
अहिले समितिको सभापतिमा नेकपा एमालेका ऋषिकेश पोखरेल छन् ।कांग्रेस–माओवादी गठबन्धन भत्किएर नयाँ एमाले–माओवादी लगायतको गठबन्धन बनेपछि समितिको नेतृत्वमा कांग्रेसले दाबी गरेको हो ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, २६ फागुन २०८०, १४ : ३२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
नेपाली कांग्रेस कार्यसम्पादन समितिको बैठक बस्दै
निर्णय कार्यान्वयनका लागि ६ समितिलाई काँग्रेसको निर्देशन
राष्ट्रिय सभाको अधिवेशन बोलाउन माग गर्दै काँग्रेसले बुझायो ज्ञापन पत्र
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आज पनि बस्दै
कांग्रेस कार्यसम्पादन समितिको बैठक आज पनि बस्दै