काठमाडौँ । अमेरिकामा पछिल्लो २ वर्ष यताकै बेरोजगारी दर बढेको छ । समाचार संस्था बीबीसीका अनुसार अमेरिकामा गत महिना पछिल्लो २ वर्षयताकै उच्च बेरोजगारी दर बढेको हो । जनवरीमा ३.७ प्रतिशतबाट बढेर बेरोजगारी दर ३.९ प्रतिशत पुगेको थियो ।
जबकी, जनवरी महिनामा अमेरिकामा २ लाख ७५ हजार नयाँ रोजगारी सृजना भएका थिए । अमेरिकी श्रम विभागका अनुसार अपेक्षाभन्दा बढी रोजगारी सृजना भएपनि बेरोजगारी दर पछिल्लो २ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।
पछिल्लो प्रतिवेदनअनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको अमेरिकाले सन् २०२२ यता लयमा फर्किन गरिरहेको संघर्षलाई झल्काउने बताइएको छ । यसको पछाडि अमेरिकामा इन्धनको मूल्य बढ्नु र ब्याजदर बढ्नुलाई विश्लेषकहरुले कारण देखाइरहेका छन् ।
हार्वडका प्रोफेसर जोश फर्मनका अनुसार सबै सूचक ठिकठाक देखिन्छन् । तर, महंगीका कारण छाइरहेको मन्दी मुख्य चिन्ताको विषय हो । उनी पूर्व राष्ट्रपति बाराक ओबामाको आर्थिक सल्लाहकार समेत हुन् । पछिल्लो समय अमेरिकाका स्वास्थ्य क्षेत्र, सरकार, रेष्टुरेन्ट र बार लगायतले रोजगारी सृजना गरिरहेका छन् ।
श्रम विभागको अध्ययनबाट अमेरिकामा ३ लाख ४० हजारभन्दा बढी मानिसहरु रोजगारीबाट बाहिर छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ फागुन २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकामा भीषण हिमआँधी, तीन जनाको मृत्यु
७५ देशको आप्रवासी भिसामा अमेरिकाको रोक : यस्तो छ नेपालसहित देशको सूची
इरानसँग व्यापार गर्ने देशमाथि अमेरिकाले लगायो २५ प्रतिशत भन्सार शुल्क
अमेरिकाले कब्जा गर्यो रुसी झण्डावाहक तेल ट्याङ्कर
विश्वकप छनोट तयारी : आज मुलपानी मैदानमा अमेरिकासँग भिड्दै नेपाल
दुई शक्ति राष्ट्रका राजदूत नेपालबाट किन एकै समय फिर्ता हुँदै छन् ?