काठमाडौँ । अमेरिकामा पछिल्लो २ वर्ष यताकै बेरोजगारी दर बढेको छ । समाचार संस्था बीबीसीका अनुसार अमेरिकामा गत महिना पछिल्लो २ वर्षयताकै उच्च बेरोजगारी दर बढेको हो । जनवरीमा ३.७ प्रतिशतबाट बढेर बेरोजगारी दर ३.९ प्रतिशत पुगेको थियो ।
जबकी, जनवरी महिनामा अमेरिकामा २ लाख ७५ हजार नयाँ रोजगारी सृजना भएका थिए । अमेरिकी श्रम विभागका अनुसार अपेक्षाभन्दा बढी रोजगारी सृजना भएपनि बेरोजगारी दर पछिल्लो २ वर्षयताकै उच्च बिन्दुमा पुगेको हो ।
पछिल्लो प्रतिवेदनअनुसार विश्वको सबैभन्दा ठूलो अर्थतन्त्रका रुपमा रहेको अमेरिकाले सन् २०२२ यता लयमा फर्किन गरिरहेको संघर्षलाई झल्काउने बताइएको छ । यसको पछाडि अमेरिकामा इन्धनको मूल्य बढ्नु र ब्याजदर बढ्नुलाई विश्लेषकहरुले कारण देखाइरहेका छन् ।
हार्वडका प्रोफेसर जोश फर्मनका अनुसार सबै सूचक ठिकठाक देखिन्छन् । तर, महंगीका कारण छाइरहेको मन्दी मुख्य चिन्ताको विषय हो । उनी पूर्व राष्ट्रपति बाराक ओबामाको आर्थिक सल्लाहकार समेत हुन् । पछिल्लो समय अमेरिकाका स्वास्थ्य क्षेत्र, सरकार, रेष्टुरेन्ट र बार लगायतले रोजगारी सृजना गरिरहेका छन् ।
श्रम विभागको अध्ययनबाट अमेरिकामा ३ लाख ४० हजारभन्दा बढी मानिसहरु रोजगारीबाट बाहिर छन् ।
प्रतिक्रिया दिनुहोस
एजेन्सी
शनिबार, २६ फागुन २०८०, ११ : ५२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
अमेरिकाद्वारा नेपाल ‘ए’सामु २६३ रनको लक्ष्य
अमेरिका–इरानबीच फेरि तनाव, दुवै पक्षबाट आक्रमण
भारतमा रहेका अमेरिकी राजदूत किन आउन लागे नेपाल ?
चीनलाई इरान–अमेरिका तनावले सकस: उत्पादन र निर्यातमा गम्भीर असर
अमेरिकी उच्च अधिकारी नेपाल आएलगत्तै भारतीय उच्च अधिकारीको पनि भ्रमण
आफ्ना विरोधीलाई साथ दिने व्यक्तिमाथि भिसा प्रतिबन्ध लगाउने अमेरिकाको घोषणा