काठमाडौँ । बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्ने लक्ष्मी लिम्बु छिन् ।
३४ वर्षीया लिम्बुलाई भैंसेपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । मोरङको उर्लाबारी नगरपालिका–९ घर भएकी लिम्बुले रविन सौजु समेत ४ जनासँग २९ लाख ८८ हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
वैदेशिक रोजगारीमा बेलायत पुग्न २३ लाख लाग्ने र त्यहाँ ‘केयर गिभर’ को काम लगाउँछु भनेर उनले पटक–पटक गरेर सो रकम लिएकी हुन् । रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितले उजुरी गरेका थिए । उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ