काठमाडौँ । बेलायत पठाउँछु भनेर ठगेको आरोपमा प्रहरीले एक जना युवतीलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङ घर भएर ललितपुरको भैंसेपाटी बस्ने लक्ष्मी लिम्बु छिन् ।
३४ वर्षीया लिम्बुलाई भैंसेपाटीबाट पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीले बताए । मोरङको उर्लाबारी नगरपालिका–९ घर भएकी लिम्बुले रविन सौजु समेत ४ जनासँग २९ लाख ८८ हजार ठगेको प्रहरीको प्रारम्भिक अनुसन्धान निष्कर्ष छ ।
वैदेशिक रोजगारीमा बेलायत पुग्न २३ लाख लाग्ने र त्यहाँ ‘केयर गिभर’ को काम लगाउँछु भनेर उनले पटक–पटक गरेर सो रकम लिएकी हुन् । रकम लिएपछि सम्पर्कविहीन भएपछि पीडितले उजुरी गरेका थिए । उनलाई कानुनी कारवाहीका लागी वैदेशिक रोजगार विभागमा बुझाएको एसपी रेग्मीले बताए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १४ : १३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
लागूऔषधसहित दुई जना पक्राउ
कर्मचारीमाथि कुटपिट गर्ने नगर प्रमुख विरुद्ध पक्राउ पुर्जी जारी
हत्यामा संलग्न रहेको अभियोगमा चार जना पक्राउ
जिल्ला प्रशासन कार्यालयमा कार्यरत सुब्बा पक्राउ, पाँच दिन म्याद थपेर अनुसन्धान हुँदै
नक्कली परीक्षार्थी पक्राउ
१७ करोडभन्दा बढीको क्रिप्टो कारोबारमा चिनियाँ नागरिक पक्राउ