विराटनगर। मोरङको लेटाङ नगरपालिका २ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रुपेश राई रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
राईले आफ्नै घरमा अवैध रुपमा भरुवा बन्दुक राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
बिहीवार राति साढे ८ बजे उनको घरमा खानतलासी गर्दा १ थान र घर अगाडि ह्युम पाइपमा राखेको अवस्थामा थप १ थान भरुवा बन्दुक फेला परेको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
७५० केजी गाँजासहित दुई जना पक्राउ
लागुऔषध मुद्दामा कैद भुक्तान गरिरहेका फरार व्यक्ति पक्राउ
चार किलो ३ सय ग्राम कोकिनसहित तीन जना पक्राउ
निकोलस भुसाल पक्राउ
माइतीघरबाट रविकिरण हमालसहित ५ जना पक्राउ
कटुवा पेस्तोलसहित युवा पक्राउ