विराटनगर। मोरङको लेटाङ नगरपालिका २ बाट भरुवा बन्दुकसहित १ जना पक्राउ परेका छन् ।पक्राउ पर्नेमा स्थानीय २४ वर्षीय रुपेश राई रहेका जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।
राईले आफ्नै घरमा अवैध रुपमा भरुवा बन्दुक राखेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय लेटाङबाट खटिएको प्रहरी टोलीले उनलाई पक्राउ गरेको हो ।
बिहीवार राति साढे ८ बजे उनको घरमा खानतलासी गर्दा १ थान र घर अगाडि ह्युम पाइपमा राखेको अवस्थामा थप १ थान भरुवा बन्दुक फेला परेको थियो ।थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, २५ फागुन २०८०, १३ : १७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
फरार दुई प्रतिवादी पक्राउ
एमालेका नेता कोइरी पक्राउ
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
ठमेलमा अश्लील क्रियाकलापमा संलग्न पाँच विदेशी महिला पक्राउ
१५ वर्ष कैद सजाय तोकिएका फरार कैदी कपिलवस्तुबाट पक्राउ
कैलालीमा ३ किलो चरेससहित ३ जना पक्राउ