काठमाडौँ । लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १५ ग्रामसहित एक युवकलाई प्रहरीले पक्राउ गरेको छ ।
बुधबार काठमाडौँ चन्द्रागिरि नगरपालिका–२ स्थित नागढुंगामा प्रहरीले काँकडभिट्टाबाट काठमाडौँ आउँदै गरेको बसमा चेकजाँच गर्दा बसमा सवार झापाको बिर्तामोड नगरपालिका–८ घर भएका २४ वर्षीय सागर थापालाई लागूऔषधसहित पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता एसपी नवराज अधिकारीले जानकारी दिए ।
उनका अनुसार ती युवकको साथबाट १५ ग्राम खैरो हिरोइन बरामद भएको छ । यसबारे थप अनुसन्धान भइरहेको एसपी अधिकारीले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, २४ फागुन २०८०, ०७ : २३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुदूरपश्चिममा लागुऔषधसहित एकैदिन ८ जना पक्राउ
१२ केजी लागुऔषध र दुईवटा हतियार सहित ६ जना पक्राउ
गाँजासहित दुई जना पक्राउ
देशभर लागुऔषधसहित २७ जना नियन्त्रणमा
लागुऔषधसहित विभिन्न स्थानबाट १८ जना पक्राउ
लागुऔषधसहित पाँच जना पक्राउ