नेप्से परिसूचक नौं अंकले वृद्धि

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, १५ : ३६
नेप्से परिसूचक नौं अंकले वृद्धि

काठमाडौं । नेप्से सामान्य अंकले बढेको छ । अघिल्लो दिन ७० दशमलव ३१ अंकले घटेको नेप्से साताको चौंथो कारोबार दिन आज बुधबार भने नौं दशमलव ३३ अंकले बढेर दुई हजार १७ दशमलव शुन्य तीन अंकमा पुगेको छ ।

यसैगरी क वर्गका कम्पनीह्रुको कारोबार मापन गर्नै सेन्सिटिभ इन्डेक्स पनि एक दशमलव शुन्य छ अंकले बढेर तीन सय ५८ दशमलव ३७ अंकमा पुगेको छ । नेप्सेमा आज तीन सय आठ वटा कम्पनीहरुको ५८ हजार नौं सय ४० पटकको कारोबारमा ९१ लाख ३८ हजार एक सय ५४ कित्ता सेयर खरिद बिक्री भएकोमा कुल कारोबार रकम तीन अर्ब ४५ करोड आठ लाख ३८ हजार तीन सय ५७ रुपैंयाँ पुगेको छ ।

नेप्सेमा आज १३ वटा समुहहरुको सेयर कारोबार भएकोमा बाँज्यि बैंक समुहको सुचक एक दशमलव १४ अंकले घटेर एक हजार ८२ दशमलव ३७ अंकमा पुगेको छ भने जीवन बीमा समुहको सुचक दुई दशमलव ५९ अंकले घटेर एक हजार २० दशमलव २८ अंकमा झरेको छ । यसैगरी सामुहिक लगानी कोष समुहको सुचक पनि शुन्य दशमलव शुन्य तीन अंकले घटेको छ ।

यि बाहेकका बाँकी समुहहरुको सुचक भने आज बढेका छन् । जसमध्ये बिकास बैंक समुहको सुचक पाँच दशमलव १८ अंकले बढेर तीन हजार नौं सय तीन दशमलव शुन्य तीन अंकमा पुगेको छ भने फाईनान्स समुहको सुचक २९ दशमलव ९८ अंकले बढेर १८ सय १४ दशमलव ६३ अंकमा पुगेको छ ।

जलबिद्यतु समुहको सुचक पनि २३ दशमलव ८९ अंकले बढेर २५ सय ४१ दशमलव ३६ अंकमा पुगेकोमा निर्जीवन बीमा समुहको सुचक पनि २९ अंकले बढेर १० हजार चार सय २९ दशमलव ९७ अंकमा पुगेको छ । यि बाहेक होटल तथा पर्यटन, लगानी, उत्पादनमुलक, लघुवित्त, अन्य र ट्रेडिङ समुहहरुको सुचक पनि ४४ दशमलव १६, शुन्य दशमलव ३२, ५४ दशमलव ४२, २५ दशमलव शुन्य दुई, १९ दशमलव ८५ र ३६ दशमलव १२ अंकले बढेका छन् ।

नेप्सेमा आज दोल्ती हाईड्रो पावर कम्पनीको प्रतिकित्ता सेयर मुल्य १० प्रतिशतले बढेर चार सय एक रुपैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएकोमा मुलुङ हाईड्रोपावर लिमिटेडको प्रतिकित्ता सेयर मुल्य नौं दशमलव ७१ प्रतिशतले घटेर चार सय ९३ रुपैैंयाँ अन्तिम मुल्यमा प्रतिकित्ता सेयर कारोबार भएको छ ।

यसैगरी सोनापुर मिनरल्स एण्ड आयल लिमिटेडको भने आज प्रतिकित्ता पाँच सय १४ रुपैंयाँ अन्तिम मुल्यमा ३३ करोड ३७ लाख ७८ हजार आठ सय सात रुपैंयाँको सेयर किनबेच भएको छ । यो कारोबार भएका मध्ये रकम कारोबारका आधारमा सबै भन्दा बढी हो ।

प्रतिक्रिया दिनुहोस