काठमाडौँ । नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाललाई भेट्ने भएका छन् ।
सभापति देउवा साढे नौ बजेपछि कोटेश्वर आउने नेता नेपालको निजी सचिवालयले जनाएको छ ।
राजनीतिक समीकरण बदलिएका बेला सभापति देउवा र नेता नेपालको भेटवार्तालाई अर्थपूर्ण रूपमा हेरिएको छ । सोमबार बेलुका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र एमाले अध्यक्ष केपी शर्मा ओलीले अध्यक्ष नेपाललाई निवासमै पुगेर भेटेका थिए ।
केही दिनदेखि रुघाखोकीले घरमै आराम गरिरहेका नेपालको आज जन्मदिन समेत हो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, २३ फागुन २०८०, ०९ : ४३
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सबै कम्युनिस्टले आत्मसमीक्षा गरौं: माधव नेपाल
एमालेसँग एकता सम्भव छैन: माधव नेपाल
देशभित्रै रोजगारी नपाएर मानिसहरू विदेशतिर भौँतारिनुपर्ने स्थिति बनिरहेको छ : माधव नेपाल
सरकारप्रति जनताको आशा तुहिसक्यो: माधव नेपाल
सरकारका प्रारम्भिक गतिविधिप्रति माधव नेपालको असन्तुष्टि
विभाजनको प्रवृत्तिबाट माथि उठेर कम्युनिस्ट आन्दोलन सुदृढ बनाउन माधव नेपालको आग्रह