कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : महामन्त्री शर्मा

सफल खबर संवाददाता

बुधबार, २३ फागुन २०८०, ०९ : २९
कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर गरेको छैन : महामन्त्री शर्मा

काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेपाली कांग्रेसले कसैलाई प्रधानमन्त्री अफर नगरेको स्पष्ट पारेका छन् ।

सामाजिक सञ्जालमार्फत उनले अमुक व्यक्तिलाई प्रधानमन्त्री अफर गरेकोबारे प्रश्नहरू आएको भन्दै उनले कसैलाई कुनै प्रस्ताव नगरिएको बताए । 

महामन्त्री शर्माले नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका निभाउन नेपाली कांग्रेस तयार रहेको पनि बताए ।

शर्माले लेखेका छन्– 'नयाँ गठबन्धनलाई संविधान रक्षा र जनहितमा कार्य गर्न शुभकामना । नयाँ परिस्थितिमा जिम्मेवार प्रतिपक्षको भूमिका तयारीमा छौँ हामी । केही पत्रकार मित्र सोधिरहनु भएको छ– के कांग्रेसले फलानालाई प्रधानमन्त्री अफर गरेको हो ? स्पष्ट गरौँ- कसैलाई पनि यस्तो प्रस्ताव गरिएको छैन !'