जनकपुरधाम । महोत्तरीमा भारतीय टाटासुमोले ट्याक्टर र साइकलमा ठक्कर दिँदा दुई जनाको मृत्यु भएको छ ।गएराति मटिहानी–जनकपुर सडकखण्डमा मटिहानीतर्फ जाँदै गरेको बी आर ०६ पी डी ३३३० नम्बरको टाटासुमोले पिपरा गाउँपालिका १ स्थित त्यही दिशातर्फ जाँदै गरेको मधेश प्रदेश ०१ त ३००९ नम्बरको ट्रयाक्टर र विपरीत दिशाबाट आउँदै गरेको साइकललाई ठक्कर दिएको थियो ।
ठक्करबाट ट्रयाक्टरमा पछाडि सवार महोत्तरीको पिपरा गाउँपालिका–५ का ६० वर्षीय अकवर राइन र साइकल यात्री धनुषाको क्षिरेश्वरनाथ नगरपालिका–१ का ६० वर्षीय राजकिशोर यादवको मृत्यु भएको महोत्तरीका प्रहरी प्रवक्ता डीएसपी दिलीपकुमार गिरीले जानकारी दिए ।
ठक्करबाट गम्भीर घाइते दुबैजनाको प्रादेशिक अस्पताल जनकपुरमा उपचारको क्रममा राति नै मृत्यु भएको हो ।टाटासुमोको ठक्करबाट ट्रयाक्टरमा सवार पिपरा–५ का ६० वर्षीय झप्सी कवारी गम्भीर घाइते भएका छन् । उनको प्रादेशिक अस्पताल जनकपुरमा उपचार भइरहेको प्रहरीले छ ।
डीएसपी गिरीका अनुसार ठक्कर दिने टाटासुमो पनि मटिहानी –४ स्थित सडक छेउमा पल्टिएर दुर्घटना भएको छ । दुर्घटना पश्चात चालक फरार रहेको र उनको खोजीसँगै घटनाबारे थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, २१ फागुन २०८०, ११ : ४२
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘ब्रेक फेल’ भएर क्रेन दुर्घटना, ६ जना घाइते
दाङमा ट्याङ्कर र कार ठोक्किँदा ५ जना घाइते
ट्रकमा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते
सुनसरीमा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, दुई घाइते
अछाममा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु, दुई घाइते
सवारी दुर्घटनामा प्रहरी जवानको मृत्यु