मकवानपुर। बागमती प्रदेश कृषि तथा पशुपन्छी विकास मन्त्रालयले भेडा बाख्रामा लाग्ने पीपीआर रोग नियन्त्रण तथा रोकथामका लागि पीपीआर खोप अभियान सञ्चालन गरेको छ । उक्त अभियानअन्तर्गत करिब पाँच लाख बाख्रामा खोप लगाइएको छ ।
यही फागुन १६ गतेदेखि शुरू भएको सप्ताहव्यापी खोप अभियान कार्यक्रमको चौथो दिन शनिवारसम्ममा पाँच लाख ४९ हजार ८१ बाख्रा जातमा खोप लगाइसकिएको मन्त्रालयका योजना तथा अनुगमन महाशाखाका प्रमुख एवं प्रवक्ता सुजन कँडेलले जानकारी दिए ।
प्रदेशका सबै जिल्लास्थित पशु सेवा कार्यालय र स्थानीय सरकारसँगको सहकार्यमा खोप केन्द्र सञ्चालन गरिनुका साथै भ्याक्सिनेटरद्वारा अभियान सञ्चालन गरिएको उनले बताए।पहिलो दिनको तुलनामा दोस्रो दिनदेखि हजारौं बाख्रामा खोप लगाइएको तथ्याङ्क रहेको छ ।
बुधवारदेखि शुरू भएको कार्यक्रमअन्तर्गत शनिवारसम्म करिब पाँच लाख बाख्रामा खोप लगाइएको भन्दै हालसम्म भेडामा खोप नलगाइएको प्रवक्ता कँडेलले बताए ।
प्रदेशको काभ्रेमा ६४ हजार छ सय ८८, ललितपुरमा १२ हजार सात सय ४७, काठमाडौंमा १४ हजार दुई सय ९४, भक्तपुरमा तीन हजार एक सय ४३ बाख्रामा खोप लगाइएको मन्त्रालयले जनाएको छ ।
दोलखामा ५६ हजार नौ सय ४०, सिन्धुपाल्चोकमा ४३ हजार चार सय नौ, रामेछापमा ४४ हजार पाँच सय २७, सिन्धुलीमा ६४ हजार दुई सय ४२ खोप लगाइएको प्रवक्ता कँडेलले जानकारी दिए ।
उनका अनुसार मकवानपुरमा ७५ हजार छ सय २८, चितवनमा ४० हजार पाँच सय ६३, नुवाकोटमा ५४ हजार पाँच सय सात, रसुवामा सात हजार ३७ र धादिङमा ६३ हजार छ सय २५ बाख्रामा पीपीआर खोप लगाइएको छ ।नेपालमा पछिल्लो समय पीपीआर रोगका कारण धेरै सङ्ख्यामा भेडा बाख्राको मृत्यु भएको छ ।
रोगका कारण किसानले ठूलो मात्रामा नोक्सानी व्यहोर्नु परेकाले विगतका वर्ष झैँ यसवर्ष पनि अभियान सञ्चालन गरी खोप लगाइएको कृषि, पशुपन्छी तथा मत्स्य विकास निर्देशनालय बागमती प्रदेशका निर्देशक डा गौरीमान श्रेष्ठले बताए ।
खोप अभियान फागुन २२ गतेसम्म सञ्चालन हुनेछ ।'करिब १५ लाख भेडा बाख्रामा खोप लगाउने लक्ष्यका साथ काम गरिरहेका छौं', निर्देशक श्रेष्ठले भने ।
प्रतिक्रिया दिनुहोस
रासस
आइतबार, २० फागुन २०८०, १४ : १४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
कर तथा जरिवाना छुटसम्बन्धी विशेष व्यवस्था गर्दै बागमती सरकार
रास्वपा बागमतीको सभापतिमा उत्सव अर्याल विजयी
बागमती प्रदेशसभामा आजदेखि नीति तथा कार्यक्रममाथि छलफल हुँदै
बागमतीका प्रमुख सचिव बाबुराम अधिकारीको मनपरी: विकास ठप्प पार्दै, प्रश्न उठानेलाई धम्क्याउँदै
बागमती प्रदेशसभा बैठक बस्दै
बागमती प्रदेशसभाको हिउँदे अधिवेशन तत्काल बोलाउन माग