विराटनगर । सुनसरीको इटहरीमा शनिबार मध्यराति भएको आगलागीमा परी एक महिलाको मृत्यु भएको छ ।
इटहरी उपमहानगरपालिका–६, बीपी चोकस्थित विष्णु खड्काको घरमा आगलागी हुँदा जलेर ५२ बर्सिया गोपीमाया कटुवालको मृत्यु भएको प्रहरीले जनाएको छ ।
कटुवाल सुतेको कोठामा आगलागी भएको थियो । आगोले कोठामा भएका सबैजसो सामान जलेर नष्ट भएको प्रहरीले जनाएको छ । अर्को कोठामा उनका छोराबुहारी सुत्ने गरेका थिए । उनीहरुले आगो कोठामा फैलिसकेपछि मात्र आफूहरूले थाहा पाएको प्रहरीलाई बताएका छन् ।
प्रहरी र स्थानीय बासिन्दा मिलेर दमकल प्रयोग गरी आगो निभाइएकाले अन्यत्र फैलन नपाएको जनाइएको छ । के कारणले आगलागी भएको हो भन्ने खुलेको छैन । प्रहरीले घटनाबारे अनुसन्धान भइरहेको जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, २० फागुन २०८०, ०९ : ४६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु
सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु
चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु
झापाको एक ग्यारेजमा आगलागी, नौ लाख बराबरको क्षति
उत्तरी इरानको अस्पतालमा आगलागी, ९ जनाको मृत्यु
कुवेतको आवासीय भवनमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु