काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले काँग्रेसले २०८४ को गीत गाउन आवश्यक नरहेको बताएका छन् । नेपाली काँग्रेस भोजपुरको जिल्ला सम्मेलन तथा प्रशिक्षणमा आज उनले अन्य दलहरूले ल्याएको ‘मिसन ८४’बाट मुलुकमा केही पनि कायापलट नहुने भन्दै त्यसले काँग्रेसलाई कुनै असर नगर्ने स्पष्ट पारे ।
“लोकतन्त्रमा चुनाव हुन्छ । काँग्रेसले ८४ को गीत गाउन आवश्यक छैन, चुनावको चिन्ता नलिई काममा केन्द्रित अहिलेको आवश्यकता हो”, उनले भने । उनले राणाशासनको अन्त्य गर्दै मुलुकलाई यहाँसम्म ल्याउन नेपाली काँग्रेसको प्रमुख योगदान भएकाले सबै पक्षलाई समेटेर समाजमा देखिएको निराशा चिर्दै अगाडि बढ्नु काँग्रेसको प्रमुख दायित्व भएको बताए ।
“अरुले के गरेभन्दा पनि संयमतापूर्वक काँग्रेस अगाडि बढ्न आवश्यक रहेको छ”, महामन्त्री शर्माले भने, “नयाँ आएका ब्याण्डबाजामा सबैलाई नाचौनाचौ लागे पनि पुरानो नौमति बाजाको छुट्टै महत्त्व छ ।”
शर्माले एक पटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटकसम्म सांसद भएको व्यक्तिलाई पुनः सोही पदको अवसर नदिने नीति ल्याउन सकिएमा पद्धतिको विकासमा जोड दिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शनिबार, १९ फागुन २०८०, २० : ३१
लेखकबाट थप
सम्बन्धित समाचारहरु
‘आन्दोलनको धम्कीले आयोग प्रभावित हुँदैन भन्ने विश्वास छ’: विश्वप्रकाश शर्मा
वैधानिक रूपमा नयाँ नेतृत्व चयन गरेर निर्वाचन आयोग जान्छौँ’ : विश्वप्रकाश शर्मा
महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको प्रतिवेदन पारित
२ पटकभन्दा बढी कोही प्रधानमन्त्री बन्न नपाउने प्रस्ताव लिएर आउँछौँ : विश्वप्रकाश शर्मा
‘पार्टीको विशेष महाधिवेशन अब भने बाध्यकारी भयो’ : विश्वप्रकाश शर्मा
जेनजी समूहबिच भएको सहमति कार्यान्वयनमा सरकार गम्भीर हुनुपर्छ : विश्वप्रकाश शर्मा