सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता

सफल खबर संवाददाता

शनिबार, १९ फागुन २०८०, ०७ : २७
सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता

काठमाडौँ ।  सरकार र मिटरब्याज पीडितबिच आज पनि वार्ता हुने भएको छ । यसअघि शुक्रबार भएको वार्ता सकारात्मक  भएकोले  आज सहमति जुट्न सक्ने पीडित समूहका वार्ता टोली संयोजक अवधेश कुशवाहले  बताए ।

मिटरब्याज पीडित सङ्घर्ष समितिका संयोजक नृग नविनले  चौथो चरणको वार्ता सकारात्मक रहेको बताए। उनले पनि आजको वार्ताबाट निष्कर्ष निस्कने विश्वास व्यक्त गरे । 

सङ्घर्ष समितिले कुशवहाको संयोजकत्वमा वार्ता टोली गठन गरेको छ भने सरकारका तर्फबाट गृह मन्त्रालयका  सहसचिव रुद्रप्रसाद पण्डितको नेतृत्वमा वार्ता समिति बनाएको छ । 

अधिकार सम्पन्न आयोग गठनलगायतका ६ बुँदे माग राख्दै २३ दिन हिँडेर  काठमाडौँ आइपुगेका मिटरब्याज पीडितले विगत केही दिनयता काठमाडौँ केन्द्रित आन्दोलन गरिरहेका छन् ।

 

प्रतिक्रिया दिनुहोस