रुपन्देही । नेकपा एमालेले लुम्बिनी प्रदेश सरकारले फागुन २८ र २९ गते बुद्ध जन्मस्थल लुम्बिनीमा आयोजना गर्न लागेको सम्मेलनको विषयमा मुख्यमन्त्री डिल्लीबहादुर चौधरीसमक्ष सदनमा जवाफ माग गर्ने भएको छ ।
प्रदेश सरकारबाट बजेट विनियोजन गराएर गैरसरकारी संस्थालाई लुम्बिनीजस्तो पवित्र ठाउँमा सम्मेलन आयोजना गर्न दिइएको भन्दै एमालेले मुख्यमन्त्री र प्रदेश सरकारको विरोध गर्दै आएको छ ।
एमाले संसदीय दलको शुक्रबार बसेको बैठकमा संचारमाध्यममा आएका समाचार र मुख्यमन्त्रीको भूमिकाको विषयमा सदनमा जवाफ माग्ने निर्णय भएको प्रमुख सचेतक तुलसीप्रसाद चौधरीले बताए ।
संसदीय दलका नेता तथा पूर्व पूख्यमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकमा संसदीय समिति सभापति चयनमा भएको ढिलाई, मुख्यमन्त्रीले बिगतमा गरेको सहमति कार्यान्वयनमा देखाएको उदासिनता र सरकारले गरेका गलत कामको सदन ध्यानाकर्षण गराउने निर्णय भएको चौधरीले बताए ।
शुक्रबार बस्ने सदनको बैठकअघि एमाले संसदीय दलको बैठक बसेर यस्ता निर्णय गरेको हो । ३ बजे बस्ने भनिएको बैठक आवश्यक तयारी नपुगेको भन्दै केही समय ढिलाई हुने प्रदेश सभाका कर्मचारीले जनाएका छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, १६ : २९
लेखकबाट थप
सम्बन्धित समाचारहरु
२५ बुँदे साझा प्रतिबद्धता पारित गर्दै एमाले वाग्मती प्रदेश कमिटीको प्रशिक्षण सम्पन्न
हाम्रो कार्यक्रम कसैको विरोधमा होइन : एमाले
राइड सेयरिङको भाडादरको विषय संसद्मा उठ्यो
एमालेले भन्यो- डा.बद्री केसी नेतृत्वको एनआरएनए नै वैध हो, परराष्ट्र मन्त्रीको निर्णय अवैध
शिक्षक आन्दोलनलाई सरकार ढाल्ने अस्त्र बनाउने प्रयास भयो : एमाले
एमाले र भारतबीच तनाव सृजना गर्ने षड्यन्त्र भइरहेको छः एमाले