बर्दिया । ठाकुरबाबा नगरपालिका–४ मैनवारमा गए राति गोठमा आगलागी हुँदा एक जनाको ज्यान गएको छ । गोठ र परालको टौवामा बेलुका ८ बजे आगलागी भएको थियो ।
आगलागी भएपछि गोठमा भएका पशु चौपाया निकाल्ने क्रममा ५८ वर्षीय लक्ष्मीराज जैसीको आगोमा जलेर मृत्यु भएको इलाका प्रहरी कार्यालय भुरीगाउँले जनाएको छ । गोठमा भएको आगलागी नियन्त्रण गर्ने क्रममा राति १० बजे तिर जैसीको शव पूर्ण रूपमा जलेको अवस्थामा फेला परेको प्रहरी जनाएको छ ।
उनको शव पोस्टमार्टमका लागि बर्दिया अस्पताल गुलरिया पठाइएको छ । आगलागी भएपश्चात् स्थानीयबासीले धारा र मोटरको पानीबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए । पछि नेपाल प्रहरी, नगर प्रहरीले टयाक्टरमा जडित पानी ट्याङ्करबाट आगो नियन्त्रणमा लिने प्रयास गरेका थिए ।
मधुवन नगरपालिका दमकलको सहायताले सशस्त्र प्रहरी, नेपाल प्रहरी, नगर प्रहरी र स्थानीयवासीले राती ११ बजे आगो नियन्त्रणमा लिएका थिए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
शुक्रबार, १८ फागुन २०८०, ०९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
चीनको सपिङ सेन्टरमा आगलागी, कम्तीमा १६ जनाको मृत्यु
सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु
चीनको एक सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु
झापाको एक ग्यारेजमा आगलागी, नौ लाख बराबरको क्षति
उत्तरी इरानको अस्पतालमा आगलागी, ९ जनाको मृत्यु
कुवेतको आवासीय भवनमा आगलागी : कम्तीमा ४० जनाको मृत्यु