काठमाडौं। रुसी सेनामा रहेका नेपाली युवाको उद्धारको पहल गर्न माग गर्दै प्रतिनिधिसभामा जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता भएको छ । राप्रपा सांसद ज्ञानेन्द्र शाही (ज्ञानबहादुर शाही) प्रस्तावक रहेको प्रस्ताव बिहीवार संसद् सचिवालयमा दर्ता भएको हो ।
रुस र युक्रेनबीचको युद्धमा पसेका वा सहभागी भएका नेपालीहरूको उद्धारका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गरिएको सांसद शाहीले जानकारी दिए ।
बिना लामा, अनिशा नेपाली र बिना जैसवाल समर्थक रहेको प्रस्तावमा रुसी सेनामा रहेका नेपाली नागरिकको उद्धार गर्न सरकारको ध्यानाकर्षण गराउने उल्लेख छ ।
कार्यव्यवस्था परामर्श समितिको बैठकले सो जरुरी सार्वजनिक महत्वको प्रस्तावमाथि छलफलको मिति तोक्ने छ । सभामुखले कार्यसूचीमा राखेपछि सो प्रस्तावमाथि संसद्मा छलफल हुनेछ । छलफलपछि परराष्ट्रमन्त्री एनपी साउदले संसद्मा जवाफ दिनेछन् ।रुस–युक्रेन युद्धमा सहभागी भएका दर्जन बढीको मृत्यु भइसकेको छ भने कयौं सम्पर्कविहीन छन् ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, १५ : ३७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
रुसी सेनामा भर्ती भएका दुई भारतीयको मृत्यु