भारतको मध्य भारतमा जीप दुर्घटना, १५ जनाको मृत्यु

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, १३ : २७
भारतको मध्य भारतमा जीप दुर्घटना, १५ जनाको मृत्यु

काठमाडौं। नयाँ दिल्ली भारतको मध्य प्रदेशमा भएको जीप दुर्घटनामा परी पाँच महिलासहित कम्तीमा १५ जनाको मृत्यु भएको छ । बिहीबार भएको दुर्घटनामा २० जना घाइते भएका स्थानीय प्रहरीलाई उद्धृत गर्दै भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

मध्य प्रदेशअन्तर्गत मण्डला जिल्ला बिछिया इलाकामा गाडी अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो । घाइतेहरूमध्ये केहीलाई स्थानीय अस्पतालहरूमा उपचारका लागि भर्ना गरिएको छ ।केहीको अवस्था गम्भीर रहेकोले मृतकको सङ्ख्या अझै बढ्न सक्ने आशङ्का गरिएको समाचारमा उल्लेख छ ।

उनीहरू नजिकैको ठाउँमा आयोजित विवाहपूर्वको समारोहबाट फर्किरहेका थिए ।

 

प्रतिक्रिया दिनुहोस