काठमाडौँ । काठमाडौँ महानगरपालिकाले सुन्धारामा बुधवार साँझ स्वरोजगार मजदुरमाथि भएको बल प्रयोगबारे बुझ्न एसएसपी राजु पाण्डेलाई बोलाएको छ ।
महानगरका प्रमुख प्रशासकीय अधिकृत प्रदीप परियारले घटनाबारे सत्य तथ्य बुझ्न र बल प्रयोग गर्नुपरेको कारणबारे सोधपुछ गर्न पाण्डेलाई बोलाइएको बताए । उनका अनुसार घटनाबारे छानबिन हुने छ ।
डिएसपी मनोज लामिछाने नेतृत्वमा परिचालित नगर प्रहरीहरूले साँझ सवा ८ बजेको समयमा सुन्धारा आसपासका सडकमा स्वरोजगार मजदुरहरूलाई आक्रमण गरी घाइते बनाउनुका साथै, सामान समेत लुटपाट गरेर लगेको आरोप नेपाल स्वरोजगार व्यापार श्रमिक संघको छ ।
स्वरोजगार मजदुरमाथि नगर प्रहरीले अन्धाधुन्ध कुटपिट गरेको, लछारपछार गरेको, आमाचकारी गालीगलौज गरेको , सामानहरू फ्याँकी लुटपाट गरेका र मरणासन्न हुने गरी घाइते बनाएको संघले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
विहीबार, १७ फागुन २०८०, ११ : १६
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौं महानगरको बजेट आज नआउने
बालेनले बोलाएको ‘स्रोत अनुमान तथा बजेट सीमा निर्धारण समिति’ को बैठक रद्द
काठमाडौं महानगरको वेबसाइटमा अब वायु प्रदूषणको ताजा अवस्था हेर्न सकिने
राजु पाण्डेको निलम्बनपछि महानगरमा तनाव हुने भय, खटाइयो प्रहरी
काठमाडौं महानगरमा विदेशी कुकुर दर्ता गर्न अब २ हजार रुपैयाँ लाग्ने
प्लाष्टिकजन्य फोहोर नबाल्न महानगरको आग्रह