महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते

सफल खबर संवाददाता

विहीबार, १७ फागुन २०८०, ०८ : ०१
महानगर प्रहरी र फुटपाथ व्यवसायीबीच झडप हुँदा ११ जना घाइते

काठमाडौँ । काठमाडौँको सुन्धारामा फुटपाथ व्यवसायी र काठमाडौँ महानगर प्रहरीबीच झडप भएको छ। 

बुधबार साँझ भएको झडपमा परि ५ नगरप्रहरी र ६ व्यवसायी गरी ११ जना घाइते भएका छन्।

फुटपाथ व्यवासायीले सुन्धारामा पसल राख्न खोजेपछि महानगर प्रहरीले हस्तक्षेप गर्दा झडप भएको हो। 

महानगर प्रहरीले धरहराअगाडि राति ९ बजेअघि व्यवसाय सुरु नगर्न आग्रह गरेको तर फुटपाथ व्यवसायीले साँझ ७ बजे नै पसल राख्न सुरु गरेकाले हटाउन खोज्दा प्रहरी टोलीमाथि नै आक्रमण भएको दाबी गरेको छ।

प्रतिक्रिया दिनुहोस