नयाँ दिल्ली । सन् २०२२ को फेब्रुअरीको अन्त्यतिर रुसले युक्रेनमाथि आक्रमण गरेयता भारतले ठूलो मात्रामा छूट मूल्यमा रुसी तेल किनिरहेको छ । पछिल्ला केही महीनामा तेल खरिद केही सुस्ताएको भएपनि रुसबाट कच्चा तेल भारत भित्रिने क्रम रोकिएको छैन । आगामी केही हप्तामा रुसी तेल भरिएको ट्याङ्करहरू भारत आइपुग्दै थियो । अमेरिकाले यी मध्ये तीन ओटा ट्याङ्करमा प्रतिबन्ध लगाइदिएको छ ।
भारतको अंग्रेजी समाचार साइट इन्डियन एक्सप्रेसमा छापिएको समाचारका अनुसार आगामी केही हप्ताभित्र भारतीय तेल प्रशोधन कम्पनीका लागि रुसी कच्चा तेल ल्याइ पुर्याउन लागेका ट्यांकरहरूमध्ये तीन ओटा ट्यांकर अमेरिकाको प्रतिबन्धमा परेका छन् । पश्चिमी देशहरूले रुसी तेलमाथि लगाएको मूल्य सीमा भन्दा बढी मूल्यमा तेल ओसारिरहेको भेट्टाएपछि अमेरिकाले गएको शुक्रबार १४ ओटा रुसी तेल ट्यांकरलाई कालो सूचिमा राखेको थियो ।
पश्चिमी देशहरूले रुसी कच्चा तेलको मूल्य प्रतिब्यारेल ६० डलर तोकेका छन् । एउटा ट््याङ्कर यही हप्ता सिक्का बन्दरगाह आइपुग्ने बताइएको छ । अर्को ट्याङ्कर अप्रिलमा सिक्का बन्दरगाहमा आइपुग्नेछ । तेस्रो ट्यांकर भने मार्च र अप्रिलको बीचमा वाडिनार बन्दरगाह आइपुग्ने बताइएको छ । अमेरिकाले कालो सूचिमा परेको ट्याङ्करलाई ४५ दिनभित्र तेल निर्यातको अनुमति दिएको छ । त्यसैले यो प्रतिबन्धले भारतलाई खासै असर नपर्ने विश्लेषण गरिएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, १५ : ५४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
विश्वकपको रोमान्चक खेलमा अमेरिका पराजित : टर्कीको सान्त्वना जित
अस्ट्रेलियालाई हराउँदै अमेरिका नकआउट चरणमा प्रवेश
अमेरिका-इरान शान्ति सम्झौतापछि कच्चा तेलको मूल्यमा भारी गिरावट
इरानको क्षेप्यास्त्र आक्रमणपछि अमेरिकासँगको सम्बन्ध थप जटिल
अमेरिकाद्वारा तीन दिनमा दोस्रो पटक इरानमाथि आक्रमण
वार्ता जारी भइरहेको बेला अमेरिकाले गर्यो इरानमा हवाई आक्रमण