माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतो सडकमा

सफल खबर संवाददाता

बुधबार, १६ फागुन २०८०, १५ : २३
माइतीघर खुला गर्न माग गर्दै राजेन्द्र महतो सडकमा

काठमाडौं । ‘राष्ट्रिय मुक्ति क्रान्ति अभियान’ का अगुवा नेता राजेन्द्र महतो दलबलसहित माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका छन् । लोसपाबाट बाहिरिएको २ दिनपछि उनी माइतीघरको निषेधित क्षेत्र तोड्न हिँडेका हुन् ।

२०६४ फागुन १६ गते तत्कालीन सरकार र मधेसी मोर्चाबीचको ८ बुँदे सम्झौता कार्यान्वयन गराउन दबाबस्वरूप प्रदर्शन गरिएको बताइएको छ । अभियानको उपत्यका विशेष ब्युरोको आव्हानमा कालो ब्यानरसहित महतो र समर्थक माइतीघरतर्फ अघि बढेका छन् । उनीहरूलाई रोक्न व्यापकरूपमा प्रहरी परिचालन गरिएको छ । कुनै पनि हालतमा निषेधित क्षेत्र पस्न नदिने तयारीका साथ प्रहरी लागेकाले मुठभेडको जोखिम बढेको छ ।

र्‍यालीमा निस्कनुअघि महेश्वरी भवन कमलपोखरीमा महतोले कार्यकर्तालाई आफ्नो अभियानको रणनीति साथै भावी योजनाबारे प्रशिक्षण गरेका थिए ।

प्रतिक्रिया दिनुहोस