काठमाडौँ । सत्तारुढ दल नेकपा (माओवादी केन्द्र) को स्थायी कमिटी बैठक आज पनि बस्ने भएको छ ।
पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने बैठकमा नेताहरूको कार्यविभाजनलाई अन्तिम रूप दिने तयारी छ । बैठकमा आगामी जागरण अभियानबारे पनि छलफल हुने प्रवक्ता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।
यसअघि मंगलबारको बैठकमा कांग्रेस महासमिति बैठकले गरेको निर्णय, सुदूरपश्चिम प्रदेशमा माओवादीभित्र देखिएको विवाद र राष्ट्रियसभा अध्यक्ष सम्बन्धमा गम्भीर छलफल भएको थियो ।
मंगलबार बिहान बसेको बैठकबाट ठोस निष्कर्ष नआउँदा आज पुनः बैठक बस्न लागेको हो । प्रवक्ता सापकोटाले विशेषगरी राष्ट्रियसभा अध्यक्ष माओवादीले छोड्न नहुने अधिकांशको सुझाव आएको बताए ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
बुधबार, १६ फागुन २०८०, ०८ : ४८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रधानमन्त्रीको अभिव्यक्तिविरुद्ध माओवादीले देशभर मसाल जुलुस निकाल्ने
माओवादी उम्मेदवार हरिजनमाथि हातपात गर्ने थप तीन जना पक्राउ
रोल्पामा विप्लव नेतृत्वको माओवादीका ३५ कार्यकर्ता नेकपा प्रवेश
काठमाडौं–२ को अनुभव, चितवन–३ लाई सुझाव : ‘विश्वास दिनुअघि काम हेर्नुहोस्’
‘सरकारले देशभर एकै चरणमा निर्वाचन गरोस्' : संयोजक दाहाल
शुल्क नतिरेको बहानामा परीक्षा दिन नदिने कार्य अमानवीय — अखिल क्रान्तिकारी चितवन