काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले टेरामक्स खरिदमा भएको भ्रष्टाचार प्रकरणबारेको छानबिन अन्तिम चरणमा पुगेको र यसलाई चाँडै निष्कर्षमा पुर्याउने बताएका छन्।
लेखा समितिको बैठकमा मंगलबार यसबारे जानकारी गराउँदै अख्तियार प्रमुख राईले टेरामक्स प्रकरणमा बयान सकेर प्रमाणको मूल्यांकन गर्ने काम भइरहेको र यसलाई चाँडै निष्कर्षमा पुर्याएर मुद्दाको चरणमा जाने जानकारी गराएका हुन्।
उनले बैठकमा भने, ‘बयान टुंग्याएका छौँ। प्रमाणको मूल्यांकन गरिरहेका छौँ। चाँडै मुद्दामा जान्छौँ।’ टेरामक्स खरिद प्रकरणमा अख्तियारले तत्कालीन सञ्चारमन्त्री तथा बहालवाला स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत तथा पूर्वसञ्चारमन्त्रीहरु गोकुल बास्कोटा र ज्ञानेन्द्रबहादुर कार्कीसँग बयान लिइसकेको छ। स्वास्थ्यमन्त्री बस्नेतले सञ्चारमन्त्री छँदा अर्बौँ मूल्यबराबरको टेरामक्स खरिदको निर्णय घुसाएर यसमा भ्रष्टाचार गरेको आरोप छ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
मंगलबार, १५ फागुन २०८०, १६ : ४७
लेखकबाट थप
सम्बन्धित समाचारहरु
प्रमुख प्रशासकीय अधिकृतसहित ६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृतसहित तीन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
लेखा अधिकृतसहित तिन जनाविरुद्ध भ्रष्टाचार मुद्दा
अधिकृत विरुद्धको भ्रष्टाचार मुद्दा सर्वोच्चमा पुनरावलोकन
यातायात व्यवस्था कार्यालयका कर्मचारी कमल गौतमविरुद्ध अकुत सम्पत्तिको मुद्दा
मालपोत कार्यालयका दुई खरिदारसहित चार जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर