क्रिकेट खेलाडीको वर्गीकरणमा हेरफेर, ग्रेड एका ६ जनालाई मासिक एक लाख तलब

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १४ : ३८
क्रिकेट खेलाडीको वर्गीकरणमा हेरफेर, ग्रेड एका ६ जनालाई मासिक एक लाख तलब

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले राष्ट्रिय क्रिकेट खेलाडीको वर्गीकरण हेरफेर गर्दै सम्झौता थप गरेको छ । क्यानको शनिवार र सोमबार बसेको केन्द्रीय कार्यसमिति बैठकले वर्गीकरण हेरफेर गर्दै सम्झौता २०२४ का लागि थप गरेको हो ।

क्यानले खेलाडी सम्झौतामा यस पटक थप गरेको छ । पुरुषतर्फ १८ जना सम्झौतामा रहेकोमा अहिले बढाएर ३० पुर्‍याएको छ । भने महिलातर्फ १२ जना रहेकोमा त्यसलाई बढाएर १९ पुर्‍याएको छ ।

 

प्रतिक्रिया दिनुहोस