राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

सफल खबर संवाददाता

सोमबार, १४ फागुन २०८०, १३ : ४२
राजेन्द्र महतोले छाडे लोसपा, ‘राष्ट्रिय मुक्ति क्रान्ति’ अभियान घोषणा

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)का वरिष्ठ नेता राजेन्द्र महतोले पार्टी छाडेका छन् । महतोले आदिवासी जनजातिका अधिकारका लागि वकालत गर्ने बुद्धछिरिङ मोक्तानसँग मिलेर ‘राष्ट्रिय मुक्ति क्रान्ति’ नामक अभियान घोषणा गरेका छन् ।

अभियानमार्फत वैकल्पिक शक्ति निर्माण गर्ने भन्दै उनले बहुल राष्ट्रिय राज्य स्थापनाको एजेण्डामा सहमत भए आफ्नो पूर्व पार्टी लोसपा पनि यसमा आउनसक्ने बताए । ‘यो अभियान हो, यसले पार्टीको रुप ग्रहण गरिसकेको छैन’ सोमबार काठमाडौंमा आयोजित कार्यक्रममा महतोले भने, ‘यससँग विचार मिल्ने जो सुकै जोडिनसक्छन् ।’

लोपपामा वरिष्ठ नेता रहेका महतो असन्तुष्ट थिए ।