काठमाडौँ । आज सोमबार सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घटेर कारोबार सुरु भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार हिजो आइतबारको तुलनामा सुनको मूल्य घटेर कारोबार सुरु भएको हो ।
यससँगै, आज छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ३०० रुपैयाँ कायम भएको छ । हिजो आइतबार छापावाल सुनको मूल्य तोलामा १ लाख १८ हजार ५०० रुपैयाँ थियो । यस्तै, हिजो तोलामा १ लाख १७ हजार ९५० रुपैयाँ रहेको तेजाबी सुनको मूल्य आज भने १ लाख १७ हजार ७५० रुपैयाँ छ ।
यस्तै, आज चाँदीको मूल्य तोलामा ५ रुपैयाँले घटेको छ । यससँगै, आज चाँदीको कारोबार मूल्य तोलामा १३ सय ९५ रुपैयाँ कायम भएको छ । हिजो आइतबार चाँदीको मूल्य तोलामा १४ सय रुपैयाँ थियो ।

प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
सोमबार, १४ फागुन २०८०, ११ : ०४
लेखकबाट थप
सम्बन्धित समाचारहरु
सुनचाँदीको मूल्य बढ्यो, आज कतिमा हुँदैछ कारोबार ?
कार्गोमार्फत अमेरिका गहना तस्करीको प्रयास, दुई जना पक्राउ
सुनको भाउ ४७ सयले वृद्धि, कति पुग्यो तोलाको ?
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
सुनचाँदीको मूल्य घट्यो, कति पुग्यो तोलाको ?
सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ?