काठमाडाैं । देशका विभिन्न स्थानबाट लागूऔषधसहित १६ जना पक्राउ परेका छन् । काठमाडौंकाे गोकर्णेश्वर नगरपालिका-८ छहारी कल्ब बेशी गाँउबाट नियन्त्रित लागूऔषध डाइजेपाम ५० ट्याब्लेट, फेनरागन ४५ ट्याब्लेट, टाल्जेसिक्स ६७ ट्याब्लेट, चक्कु १ थान, मोबाइल ३ थान र नगद ५ हजार ५ सय रूपैयाँसहित काभ्रे कानपुर घर भई काठमाडौं गोकर्णेश्वर नगरपालिका-८ बेशी गाउँ बस्ने २७ वर्षीय कर्म लामा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
बाँकेकाे नेपालगंज उपमहानगरपालिका-१३ स्थितबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ १ ग्राम ८ मिलिग्रामसहित सोही उपमहानगरपालिका-११ उदयपुर बस्ने २० वर्षीय आकाश महरालाई प्रहरीले पक्राउ गरेको छ । लागूऔषध नियन्त्रण ब्यूरो नेपालगंज र जिल्ला प्रहरी कार्यालय बाँकेबाट खटिएको प्रहरीले उनलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
बाँकेकै कोहलपुर नगरपालिका-११ लोकनगरस्थित चिया पसलका संचालक बाजुरा हिमाली गाउँपालिका-४ घर भएका २५ वर्षीय खेमराज पाण्डे र उनकी श्रीमती २४ वर्षीया दिपा शाहीलाई अवैध लागूऔषध ब्राउनसुगर जस्तो देखिने पदार्थ ७ सय मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय कोहलपुरबाट खटिएको प्रहरीले उनीहरूलाई उक्त पदार्थसहित फेला पारी पक्राउ गरेको हो ।
रौतहटकाे गुजरा नगरपालिका-४ लाल बकैया खोला वाँधबाट अवैध लागूऔषध गाँजा ४ किलोसहित बारा करैयामाई गाउँपालिका-१ हरैया टोल बस्ने ३५ वर्षीय हबिब अंसारीलाई प्रहरीले पक्राउ गरेको छ । जिल्ला प्रहरी कार्यालय रौतहट र प्रहरी चौकी हरिनगरबाट खटिकएको प्रहरीले हाल नम्बर नखुलेको मोटरसाइकल सवार उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो । साथै हाल फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ ।
कञ्चनपुरकाे पूनर्वास नगरपालिका-६ ङ गाउँ मनकामना टोलबाट अवैध लागूऔषध खैरो हेरोइन जस्तो देखिने पदार्थ १ सय ९० मिलिग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा कैलाली धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने ३९ वर्षीय योगेश भण्डारी र सोही उपमहानगरपालिका-४ उत्तर बेहडी बस्ने ३८ वर्षीय बल्देव बिष्ट रहेका छन् । ईलाका प्रहरी कार्यालय त्रिभुवनबस्तीबाट खटिएको प्रहरीले सु.प.प्र.०१-००९ प ७४४१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त पदार्थसहित पक्राउ गरेको हो ।
पर्साकाे वीरगंज महानगरपालिका-१९ तिलावे पुलबाट अवैध लागूऔषध गाँजा १ किलो १ सय ग्रामसहित बहुदरमाई नगरपालिका-९ बिश्रामपुर बस्ने ५५ वर्षीय मोखु रावत कुर्मीलाई प्रहरीले पक्राउ गरेको छ । अस्थायी प्रहरी पोष्ट बिन्दवासिनीबाट खटिएको प्रहरीले साईकलयात्री उनलाई उक्त गाँजासहित पक्राउ गरेको हो ।
झापाकाे मेचिनगर नगरपालिका-६ मेचीपुलबाट अवैध लागूऔषध खैरो हिरोइन ८ ग्रामसहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सुनसरी धरान उपमहानगरपालिका-५ बस्ने २४ वर्षीय थाम बहादुर विक र २४ वर्षीय अर्जुन विक रहेका छन् । लागूऔषध नियन्त्रण व्युरो काँकरभिट्टा र ईलाका प्रहरी कार्यालय काँकरभिट्टाबाट खटिएको प्रहरीले भारतबाट नेपालतर्फ पैदल आउँदै गरेका थाम बहादुरलाई उक्त पदार्थसहित पक्राउ गरेको हो । साथै थप सोधपुछ गर्ने क्रममा अर्जुन बिकको संलग्नता खुल्न आएपछि उनलाई समेत पक्राउ गरेको हो ।
बर्दियाकाे गुलरीया नगरपालिका-७ महाकबि टोल बस्ने २८ वर्षीय सानु खानलाई अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ ७ सय ९० मिलिग्रामसहित प्रहरीले पक्राउ गरेको छ । बढैयाताल गाउँपालिका-८ जुम्ली टोल बस्ने लोकेन्द्र कडाराको घरबाट मोबाइल चोरी भएको घटनाको अनुसन्धान गर्ने क्रममा प्रहरी चौकी शितलाबजारबाट खटिएको प्रहरीले उनलाई उक्त लागूऔषध र मोबाइलसहित फेला पारी पक्राउ गरेको हो ।
बाग्लुङकाे निसीखोला गाउँपालिका-२ कान्छी बजारबाट अवैध लागूऔषध चरेस जस्तो देखिने कालो पदार्थ ११ किलो र गाँजा ६७ किलोसहित बडिगाड गाउँपालिका-८ भेडीखोर बस्ने २७ वर्षीय प्रेम बोहरा समेत ३ जनालाई प्रहरीले पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय बुर्तिबाङ र प्रहरी चौकी जुग्जाखोलाबाट खटिएको प्रहरीले ध.१ च १२६१ नम्बरको बोलेरोलाई जाँच गर्ने क्रममा चालक बोहरा र गाडीमा सवार उनीहरूलाई पक्राउ गरेको हो ।
।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १९ : २५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
काठमाडौँको बूढानीलकण्ठबाट २४ जना भारतीय पक्राउ
वैदेशिक रोजगारीमा अमेरिका पठाई दिने भन्दै रकम ठगी गरेको आरोपमा महिला पक्राउ
विदेशी मुद्रासहित अमेरिकी नागरिक पक्राउ
भरुवा बन्दुकसहित कास्कीमा एक जना पक्राउ
वैदेशिक रोजगारीको प्रलोभनमा ठगी गरेको आरोपमा ३ जना पक्राउ
बलात्कार आरोपमा १ जना पक्राउ