सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ : सोविता गौतम

सफल खबर संवाददाता

आइतबार, १३ फागुन २०८०, १६ : ३२
सरकार असफल भयो, मन्त्रीहरूले राजीनामा दिए हुन्छ : सोविता गौतम

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सोविता गौतमले वर्तमान सरकार असफल भएको भन्दै मन्त्रीहरूलाई राजीनामा दिन आग्रह गरेकी छन्। आइतबार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै सांसद गौतमले सरकारको काम शून्य भएको बताएकी हुन्। उनले सरकार असफल भएको भन्दै काम गर्न नसके राजीनामा दिन मन्त्रीहरूलाई आग्रह गरिन्।

उनले आफ्नो निर्वाचन क्षेत्रमा बिग्रिएको सडक निर्माणका लागि पटक-पटक मन्त्रीलाई आग्रह गर्न जाँदा पनि भेट्न नपाएको भन्दै असन्तुष्टि जनाइन्। ‘जनताको प्रत्यक्ष मतबाट निर्वाचित सांसदलाई भेट नदिएर मन्त्रीहरू कसलाई भेट्छन् ? ’ उनले प्रश्न गरिन्।

प्रदेश सरकारले विकास निर्माणको काममा सहजीकरण गर्नुपर्ने भएपनि प्रदेश सरकारको त्यस्तो भूमिका हुन नसकेको उनको भनाइ थियो।  यो काम यसले र त्यसले गर्ने भनेर सबै तहको सरकार पन्छिने गरेको भन्दै प्रदेश संरचनाको कारण झनै अप्ठ्यारो परेको उनले सुनाइन्।

 

प्रतिक्रिया दिनुहोस