रौतहट । रौतहटको गुजरा नगरपालिकास्थित ४ मा किलोग्राम गाँजासहित एकजना पक्राउ परेका छन्। बारा करैयामाई गाउँपालिका १ हरैया टोलका ३५ वर्षीय हबीब अन्सारी गाँजासहित पक्राउ परेका हुन् ।
गुजरा ४ लाल बकैया नदीको बाँधमा आइतवार दिउँसो जिल्ला प्रहरी कार्यालय र प्रहरी चौकी हरिनगरको संयुक्त टोलीले चेकजाँचको क्रममा पैदल यात्री अन्सारीको झोलाबाट ४ किलोग्राम लागुऔषध गाँजा बरामद भएको रौतहट प्रहरी प्रमुख एसपी महेन्द्रकुमार श्रेष्ठले बताए ।
पक्राउ परेका अन्सारीलाई गाँजासहित इलाका प्रहरी कार्यालय लक्ष्मीनिया विजयपुरको हिरासतमा राखिएको र थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, १६ : ०८
लेखकबाट थप
सम्बन्धित समाचारहरु
जेन जेडको आन्दोलनको क्रममा भागेका दुई कैदी सल्यानबाट पक्राउ
दुई भारतीय नागरिक पक्राउ
१२ वर्षीया बालिकालाई बलात्कार गरेको आरोपमा एक जना पक्राउ
विमानस्थलबाट गाँजासहित तीन भारतीय पक्राउ
पटाकासहित एक जना पक्राउ
पूर्वसभामुख कृष्णबहादुर महरा पक्राउ