काठमाडौं । प्रतिनिधिसभा बैठक सुरु भएको छ । संघीय संसद भवन नयाँ बानेश्वरमा अहिले बैठक बसिरहेको हो । आजको बैठकमा सभामुख देवराज घिमिरेले ‘राजनीतिक दलसबन्धी ९दोस्रो संशोधन० बिधेयक २०८०’ लाई प्रस्तुत गर्न अनुमति माग्ने प्रस्तावमाथि प्राप्त बिरोधको सूचनालाई निर्णायार्थ प्रस्तुत गर्नेछन् ।
त्यस्तै, उपप्रधान तथा गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दलसबन्धी ९दोस्रो संशोधन० बिधेयक २०८०’ लाई प्रस्तुत गर्ने संघीय संसद् सचिवालयले जनाएको छ । आज पनि प्रतिनिधि सभाको बैठकमा प्रतिपक्षी तीन दलले अवरोध गरेका छन् । प्रमुख प्रतिपक्षी दल नेकपा एमाले, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसदले विवादमा परेका ४ मन्त्रीको राजीनामा माग्दै सदन अवरोध गरेका हुन् । सत्तापक्ष र प्रतिपक्षको आरोप प्रत्यारोपका कारण अवरुद्ध बैठक सञ्चालन गर्न नसकिने प्रतिपक्षी दलले अडान राखेको छ ।
प्रतिक्रिया दिनुहोस
सफल खबर संवाददाता
आइतबार, १३ फागुन २०८०, ११ : १५
लेखकबाट थप
सम्बन्धित समाचारहरु
संसद्को कार्यसूचीबाट हटाइयो भूमि विधेयक
प्रतिनिधिसभा बैठकमा आज पनि रास्वपाको अवरोध
डोलप्रसाद र रामहरिबीच संसदमा चर्काचर्की
प्रतिनिधिसभामा रास्वपा र राप्रपाको अवरोध
शिक्षा, विज्ञान तथा प्रविधि समितिको बैठक सर्यो
भिजिट भिसा प्रकरणमा अविलम्ब छानबिन समिति गठन गर्न माओवादीको माग